काठमाडौँ, १८ मंसिर - केएल दुगडका सञ्चालक किशनलाल दुगडलगायत चार विरुद्ध कालोबजारी गरेको अभियोगमा प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार किशनका छोरा नरेश दुगड र म्यानेजर अमर जैन र सम्पर्क अधिकृत प्रमोद अधिकारी विरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । प्रवक्ता एसपी विश्वराज पोखरेलले कालो वजारी ऐन अन्तर्गत मुद्दा दायर गरेको जानकारी दिए ।
३ दिनपछि उपस्थित गराउन भनि अदालतले आदेश दिएको उनले बताए । प्रहरी बिहीबार जडीबुटीस्थित केएल दुगडको गोदाममा लुकाइ राखेको ५ ट्रक खाने तेल धारा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिने वित्तिकै म्यानेजर जैन र सम्पर्क अधिकृतलाई पक्राउ गरेको हो । साथै सञ्चालक किशनलाल र उनका छोरा नरेश फरार रहेको उनले बताए । उनीहरुको खोजी भइरहेको एसपी पोखरेलले बताए ।
कालोबजारी गरेको अभियोगमा धारा तेलका मालिकविरुद्ध मुद्दा दायर

|
|
|

No comments