काठमाडौं, मंसिर १८ । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु भारत भ्रमणमा जाने तयारी गरेका छन् । उपप्रधामन्त्री कमल थापाको दिल्ली भ्रमणपछि दिल्लीले मधेसी मोर्चाका नेताहरुलाई भ्रमणको निम्तो पठाएको मोर्चाका एक नेताले जानकारी दिए । यसबारे भोलि शनिबार निर्णय हुने मोर्चाका नेताहरुले बताएका छन् । ‘दिल्लीबाट निम्तो आएको हो । यसबारे हामी भोलि निर्णय गर्छौं - मधेसी मोर्चाको उच्च स्रोतले भन्यो ।
मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव भारत भ्रमणमा जाने तयारीमा छन् । स्रोतका अनुसार उपेन्द्र यादव शनिबार नै दिल्ली जाने तयारीमा छन् ।
मोर्चाका नेताहरुले शुक्रबार नै काठमाडौंस्थित भारतीय राजदूत रणजीत रायसँग समेत छलफल गरेका छन् ।



No comments