Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » शारिरीक सम्वन्धपछि ढुंगाले हानेर एक महिलाको हत्या
«
Next
Newer Post
»
Previous
Older Post

उदयपुर । स्थानीय मजदुर सरोज मगरले उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस ८ बस्ने बर्ष ३८ की कृष्ण कुमारी कटुवालको हत्या  गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाबिस बस्ने ३९ वर्षीय मगरले कृष्ण कुमारीलाई केही समय यतादेखि शारिरीक सम्पर्क राख्दैआएका थिए ।
कृष्ण कुमारीले आफूलाई विवाह गर्न भनेपछि विवाद बढेर मगरले पुस १२ गते हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बताएको छ ।
उक्त दिन जङ्गलमा दाउरा काट्न गएकी कृष्ण कुमारीसँग शारिरीक सम्पर्क भएको र विवाद बढेपछि पाँच किलो जतिको ढुङ्गा टाउकामा प्रहार गरी हत्या गरेको मगरको बयानलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अमतलाल माझीले बताए ।
सरोज मगरलाई प्रहरीले १३ गते साँझ स्थानीय एक घरमा लुकी बसेको अबस्थामा पक्राउ गरेको हो । कृष्ण कुमारीको परिवारजनबाट मौखिक जाहेरी परेपछि प्रहरीले बेपत्ताको खोजी कार्य थालेको थियो ।  उनको मृत शरीरलाई निर्वस्त्र अवस्थामा फेला पारिएको थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply