Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » हिटलरको एउटा मात्र अण्डकोष भएको उनको स्वास्थ्य परीक्षण रिपोर्टको अध्ययनबाट खुलासा !
«
Next
Newer Post
»
Previous
Older Post

बिस्वमै चर्चित तानाशाह हिटलरको एउटा मात्र अण्डकोष रहेको पुष्टि भएको छ । हिटलरका चिकित्सा कागजातको अनुसनधानका क्रममा उनको एउटा मात्र अण्डकोष रहेको कुरा पुष्टि भएको एउटा जर्मन मिडियाले जनाएको छ । 
हिटलरको एउटा मात्र अण्डकोष रहेको र एउटा अण्डकोष पहिलो विश्वयुद्धको लडाइँमा सेनाको हैसियतले लड्ने क्रममा गोली लागेर झरेको भन्ने हल्ला यसअघि प्रसस्तै चल्दै आएका थिए ।
तर सन् १९२३ मा हिटलर जेलमा छँदाताकाका उनका स्वास्थ्य परीक्षण रिपोर्टको अध्ययनले उनको दायाँ अण्डकोष नभएको पुष्टि गरेको हो । उनमा राइट साइड क्रिप्टोर्किडिज्म अर्थात् दायाँ अण्डकोष तल थैलीमा आउन नसक्ने रोग रहेको बताइएको छ ।
हिटलरको स्वास्थ्य परीक्षण सम्बन्धी डाक्टरको पूरै रिपोर्ट सन् २०१० मा एक लिलामीका क्रममा फेला परेको थियो ।
जर्मनीको चर्चित पत्रिका बिल्डका अनुसार डाक्टरको त्यो रिपोर्ट हेर्नेबित्तिकै एकजना अनुभवी चिकित्सा अधिकारीले हिटलरको एउटा अण्डकोष नभएको कुरा पत्ता लगाइहाले । इतिहासविद पिटर फ्लेस्चम्यानले पनि दस्तावेज अध्ययन गरेका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply