Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » पुरुषलाई फकाएर गेष्ट हाउसमा पुर्‍याएर लुट्ने युवती पक्राउ
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । कुनै पनि पुरुषलाई कुनै युवतीले फकाएर डान्सबार वा गेष्टहाउसतिर जाउँ भनिन् भने के गर्छन होला ? सायद युबतिको कुरो काट्न सक्दैनन् होला ! तर अब यस्ता युबतिदेखी सतर्क रहने बेला आएको छ, काठमाडौंमा एकजना पुरुष युवतीको फकाइमा बहकिएर गेष्टहाउसमा पुग्दा नराम्रोसँग लुटिएका छन् ।
आफ्नो घर काभ्रे बताउने २४ वर्षीया गीता भन्ने वर्षा तिम्सिनाले ठमेल पुगेका एक पुरुषलाई फकाउन भ्याईन  । ती पुरुष मख्ख परेर उनि संग सुरुमा डान्सबार र त्यसपछि गेष्ठ हाउसमा पुगे ।
गेष्ट हाउसमा पुगेपछि गीताले ती पुरुष निदाएको मौका पारेर उनका साथमा रहेको पाँच तोला सुन र एक थान मोबाइल उम्काउन सफल भइन् ।
पुरुषलाई झुक्याएर सुन तथा मोबाइल लुटेको आरोपमा महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको टोलीले गीतालाई पक्राउ गरेको छ । उनले ठमेल पुगेका पुरुषलाई फकाएर डान्सबारमा लैजाने र त्यहाँबाट गेष्टहाउसमा पुर्‍याएर लुटपाट गर्ने गरेको डीएसपी सीताराम रिजालले जानकारी दिए ।
काठमाडौंको ठमेलमा विभिन्न प्रलोभन देखाएर लुट्ने युवतीहरु सक्रिय हुन थालेको प्रहरीको भनाइ छ । त्यस्ता युवतीहरुले विदेशबाट आएका नेपाली तथा विदेशीलाई फकाउने र गेष्ट हाउसमा लगेर लुट्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply