विगत छ सय वर्षको इतिहासमा मानिस बलियो, बुद्धिमान, सक्षम र स्वस्थ भइरहेको अध्ययनबाट पाइएको छ । हाम्रो पुर्खाहरू प्लेग, बिफर, औलोजस्ता महामारीका सिकार भएका थिए भने हाम्रो जीवन विज्ञान–प्रविधिको विकास र विस्तारले स्वास्थ्यमा सुधार गरी आयु लम्ब्याउने प्रयास भइरहेको छ । तर अर्कातिर मानिसले नै आयु घटाउने परिस्थिति पनि सिर्जना गरिरहेको छ । शिक्षा, औषधि, प्रविधि, ज्ञान आदिले मानिसलाई निरोगी र दीर्घजीवी बनाउँदै छ भने अर्कातिर प्रविधि, औषधि, हतियार, रक्सी, चुरोट, भौतिक सुविधा, कृत्रिम तथा तयारी खानाजस्ता वस्तु तथा परिस्थितिले मानव आयु घटाउँदै पनि छ । दीर्घ र स्वस्थ जीवन कुनै दैवी वरदान होइन, बरु मानिसले प्राप्त गर्न सक्ने जीवनको प्रवृत्ति तथा शैली हो । संसारका विभिन्न देशका मानिसको औसत आयु हेर्दा विकसित, आर्थिक दृष्टिले समृद्ध एवम् मिहिनेती मानिस भएका देशमा नै स्वस्थ र दीर्घजीवी मानिस धेरै भेटिने गरेका छन् ।
यस्ता देशहरूमा जापान, स्विट्जल्र्यान्ड, नर्वेजस्ता देश मुख्य छन् । तर संसारका केही यस्ता खास समुदाय र स्थान पनि भेटिएका छन्, जहाँ मानिसको आयु उच्चतम मात्र नभएर जीवन स्वस्थ पनि पाइएको छ । यसरी स्वस्थकर दीर्घजीवनको बाहुल्य भएका स्थानमा रसियाको अब्खाजिया, पाकिस्तानको हुन्जा प्रान्त, इक्वेडरको भिल्कावाम्बान्स तथा जापानी टापु ओकिनावा मुख्य छन् । यी स्थानमा पूर्ण निरोगी भएर सय वर्ष उमेर पार गर्नेहरूको संख्या प्रशस्त पाइन्छन् । यी समुदायमा सम्बन्धित देशका वा पूरा संसारकै तुलनामा त्यति धेरै सुविधा, विकास वा आर्थिक पुहँच नभइकन पनि तुलनात्मक हिसाबले धेरै स्वस्थ र दीर्घजीवी मानिस छन् । यी स्थानमा विस्तृत रूपमा अध्ययन गर्दा संस्कृति, खाना, चालचलन तथा जीवन प्रणालीमा मिल्दाजुल्दा धेरै कुरा भेटिएका छन् । अनुसन्धानकर्ता बास्किन रोविन्सले उक्त चार समुदायको चालचलन, जीवनशैली तथा खानपान नै दीर्घजीवनको रहस्य भएको निष्कर्ष निकालेका छन् । ती समुदायमा दीर्घजीवीहरूलाई बुद्धिमान, अनुभवी, समाजका गहना, गर्वको प्रतीकका रूपमा मानिन्छ । यस प्रकारको संस्कारले जीवन र उमेरप्रति सकारात्मक सोच बढ्दै जान्छ । अब्खाजियामा कुनै परिवारको, टोलको, सुन्दरताको व्याख्या गर्दा जीर्घजीवी र उमेरको उच्चतम महŒवसहित सुरु गरिन्छ भने भिल्कावाम्बान्सका सबैमा हाँसोको प्रचुर उपयोग गर्ने गरिन्छ । के वृद्ध, के युवक, के जवान, सबै दिल खोलेर हाँस्ने गर्छन् । त्यहाँका मानिसमा रिस, घमन्ड वा अन्याय छैन जस्तो लाग्छ । सबै दिल खोलेर हाँस्छन् । पाकिस्तानको हुन्जाका बासिन्दा नाच्न मन पराउँछन् । युवा–युवती मात्र होइन, केटाकेटीदेखि बुढाबुढीसम्म सबै सम्पूर्ण रूपमा नाच्ने गर्छन् । सधैँजस्तो खुसी रहनु, सुखको अनुभव गर्नु तथा नाचगान गर्न रुचाउनु त्यहाँको विशेषता नै हो जस्तो लाग्छ । त्यस्तै जापानको ओकिनावाका बासिन्दा सधैँ हलुका, फूर्तिला, कामप्रति जाँगर भएका, सहयोगी भावना भएका, हँसिला–खुसिला तथा मिहिनेती भएको पाइएको छ । यसबाहेक यी सबै समुदायका मानिसले खानामा पनि ज्यादा फलफूल, हरियो सागपात, प्राकृतिक खाना आदि उपयोग गरेको पाइयो । यस्ता खानामा उर्जा, चिल्लोपन, गुलियोपन, खराब तŒव कम रहन्छ भने भिटामिन तथा अन्य अति आवश्यक तŒव प्रशस्त पाइन्छन् । यी समुदायका बासिन्दा सधैँ हरिला, फूर्तिला, तम्तयार, चलायमान र जीवन्त भेटिएका छन् । डाक्टर डिन आर्निस तथा बास्किन रोबिन्स दुवैले स्वस्थ र दीर्घजीवनको सबभन्दा महŒवपूर्ण, अत्यावश्यक उपाय र शक्तिशाली औजारका रूपमा प्रेम र सम्बन्धलाई मानेका छन् । एक्ला, दुःखी, सम्बन्धको अभाव भएका, प्रेमको अभाव भएका, आडभरोसा, स्याहारसुसारको अभाव भएका, एक्लिएका वा एक्लो पारिएकाहरू अधिकतम रूपमा स्वस्थ र गुणात्मक जीवन जिउन सक्दैनन् । त्यस्तै उनीहरूमा दीर्घजीवनको सम्भावना पनि रहँदैन । अमेरिकामा वैज्ञानिकहरूले गरेको प्रत्यक्ष अध्ययनबाट दीर्घजीवनप्रति सकारात्मक सोच राख्नेहरू जीवन व्यर्थ गएको, व्यर्थ बाँच्नुपरेको जस्ता नकारात्मक सोच राख्नेहरूभन्दा सात÷आठ वर्ष बढी बाँचेको पाइएको थियो । यसबाट स्पष्ट छ कि नकारात्मक दृष्टिकोण, बोध तथा अनुभूतिले आयु घटाउँछ भने त्यसको उल्टो सकारात्मक भएका आयु बढ्छ । विभिन्न विद्वानका विचार र अध्ययनबाट देखिने गरेका दीर्घजीवनका कारक तŒवहरूमा सकारात्मक सोच, नियमित व्यायाम, सन्तुलित तथा कम उर्जायुक्त खानाप्रति झुकाव आदि महŒवपूर्ण मानिन्छन् । साथै धूम्रपान, मद्यपानजस्ता खराब लतबाट बच्नु पनि दीर्घजीवनको कारक तŒवमा पर्छ । धेरैजसोले सकारात्मक सोच नै सबभन्दा महŒवपूर्ण र स्वस्थ तथा दीर्घजीवनको पहिलो साँचो मान्ने गरेका छन् । सकारात्मक सोचको सुरु, विकास तथा निरन्तरता र वातावरण, संस्कार, चलन, चरित्र तथा प्रणालीमा दीर्घजीवन भर पर्छ । आजसम्म सकारात्मक सोच नभएकाहरूका लागि पनि एक÷दुई हप्ताको मिहिनेतपछि सकारात्मक बनाउन सकिन्छ । अर्का अनुसन्धानकर्ता मार्क स्टिबिचले पनि दीर्घजीवनका १० वटा उपायका व्याख्या गरेका छन् । जसअनुसार रातो रक्सी पिउने, गाढा चकलेट खाने, हाँस्ने तथा मुस्काउने, आपसी समझदारीमा यौनक्रीडा गर्ने, आराम तथा आनन्द लिने, नियमित खेल खेल्ने वा व्यायाम गर्ने, प्रशस्त सुत्ने, प्रेमीसँग प्रशस्त समय बिताउने, दिमागी कसरत गर्ने र सकारात्मक हुने दीर्घजीवनका उपायहरू हुन् । यी सबै उपायहरूको व्याख्या तर्कसंगत ढंगले गरेर मार्कले स्पष्ट दृष्टिकोण दिएका छन् ।
Tagged with: Information
About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
You May Also Like...
Subscribe to:
Post Comments (Atom)
No comments