२०७२, २८ कार्तिक - कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरि मधेसमा भएको आन्दोलनले कसैको पनि भलो नहुने बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले देशभरका आमनागरिकलाई दु:ख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको पनि जित कदापी नहुने बताए । देउवाले चित्त नबुझेका कुरामा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निकास खोज्न पनि मधेसवादी दललाई आग्रह गरे ।
भारतले गरेको नाकाबन्दी कुनै हालतमा जायज नभएको बताउँदै उनले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह समेत गरे । नेपाली जनताले देशको सार्वभौमिकता र स्वाभिमानका लागि नाकाबन्दीको सहजै सामना गर्न बताउँदै यतिखेर नेपाली जनतामा राष्ट्रिय भावना, संयम र स्वाभिमान जागेको बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराई, नेपाली कांग्रेस भक्तपुर जिल्ला समिति सभापति गणेशमान चक्रधर लगायतले देशको समस्या समाधानका लागि कांग्रेसले मध्यस्थता गर्नुपर्ने बताए ।



No comments