Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » मधेसलाई पहाडबाट अलग गरे नेपाल रहँदैन : उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसी
«
Next
Newer Post
»
Previous
Older Post

२०७२, २८ कार्तिक - उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले  मधेसलाई पहाडबाट अलग गरेर प्रदेश बनाए नेपाल नै नरहने बताएका छन् ।
रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने - ‘हिमाल पहाड र तराई, एक आपसमा निर्भर छन् । तराईलाई पहाडबाट अलग नगरी नहुने, सुनसरी, मोरङ, झापा, कैलाली कञ्चनपुर नभई नहुने कुराले समथर भू–भाग किन छुट्याउन खोजिदैछ भन्ने कुरा घाम जत्तिकै छर्लङ छ के गर्न खोजेको भनेर ?’ 

उनले यसरी प्रदेश छुट्याउन नहुने भन्दै ‘एउटा प्रदेश पहाडबाट अलग हुादा त त्यसैलाई आधार बनाएर दानापानी रोके भने अरु पनि अलग गरे के हुन्छ ?’ भने ।

मन्त्री केसीले २०४५ सालको तेह्र महिने नाकाबन्दीपछि नेपालीहरुले अब यस्तो हुँदैन भनेर ढुक्क भई उद्योग धन्दा मरेको भेडाको मुल्यमा बिक्री गर्दा अहिलेको अवस्था आएको पनि बताए ।

उनले भारतले नेपाललाई घोषित रुपमा नाकाबन्दी लगाउन नसक्ने भएकोले नै अघोषित रुपमा लगाएको दावी गर्दै यस्तो अघोषित नाकाबन्दीमा भारतले लामो समयसम्म ढिप्पी गर्न नसक्ने भए पनि तत्कालै भने यो खुल्ने संकेत नदेखिएको बताए । उनले भने, ‘आफू खुर्सानीको ढिडी र आलु फलाउन नसक्ने, प्राकृतिक स्रोतको खोजी गर्न नसक्ने, खुर्सानीको ढिडीदेखि हवाईजहाजसम्म अरुले फलाई दिने र हामी बसेर खाने व्यवहारले अहिलेको अवस्था आएको हो ।’

उनले आफू संघीय प्रणालीको विरोधी नभई नेपालमा यो अनुपयूक्त हुन्छ भनेर मात्रै भनेको उल्लेख गर्दै भने, ‘संघीय प्रणाली धेरै मुलुकमा असफल भएकोले यहाँ ठिक हुँदैन भनेर भनेको हो । कोही रिसाउलान् भनेर अरुले भन्न नसकेका हुन् ।’

मधेसको समस्या नेपालको समस्या भएकोलेलाई यो अन्य मुलुकले टुङग्याउने विषय नभएको स्पष्ट पार्दै उनले नेपालीको समस्या नेपाल भित्रै आफ्नो ढंगले टुङग्याउने बताए । ‘कसैको चाहना पूरा गर्न सीमांकन गर्न सकिदैन । अखण्डता र सार्वभौमिकतामा आँच पूग्ने गरी केही गर्दैनाैं,’ केसीले भने ।

केसीले थपे, ‘नेपाली जनताको चाहना अनुसारको संविधान बनाएको सजाय भोगिरहेका छौं । सरकार प्रमुख पनि स्वतन्त्र रुपले चुन्यौ मुलुकले त्यसको परिणाम नाकाबन्दी हो । भारतका जनता र मिडियाले पनि नाकाबन्दीको विरोध गर्न थालिसकेका छन् त्यसैले यो धेरै दिन टिक्दैन ।’

केसीले प्रश्न गरे ‘नाकाबन्दी लगाएको छैन, नेपालको आन्तरिक राजनीतिक रोकिएको हो भन्छन् फेरि तत्काल नाकाबन्दी खुल्दैन भन्छन् । यो कस्तो नियत हो ?’ 

उनले अहिलेको अवस्था आउनुमा बैंकलाईं समेत दोषी ठहर्‍याउँदै कृषि उद्योगमा लगानी गर्दा छ महिना लगाउने अनि सात थोपा पेट्रोल उत्पादन नगर्ने मुलुकमा मोटरसाईकल र गाडीका लागि तत्काल ऋण दिने बैंकको नीतिलाई गलत भने ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply