Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » नेपालमाथि नाकाबन्दी गरेको पिडासंगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमाथि गरे अर्को अपराध
«
Next
Newer Post
»
Previous
Older Post

२७ कात्तिक, काठमाण्डु, – बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बुद्धभूमि भएको फेरी गलत दाबी गरेका छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले बोल्दै भारत बुद्धभूमि भएको दाबी गरे ।
भारतले नेपालमा नाकाबन्दी गरिरहेका बेला आएको मोदीको यस्तो गलत र विवादास्पद अभिव्यक्तिलाई गम्भीर रुपमा लिइएको छ ।
राजधानी दिल्लीमा गाईको मासु खाएको आरोपमा एक मुस्लिम युवकलाई कुटेर हत्या गरिएपछि फैलिएको धार्मिक असहिष्णुताबारे बेलायती सञ्चारकर्मीको एक जिज्ञाशामा मोदीले भने, ‘भारत महात्मा गान्धी र बूद्धको भूमि हो । हामी हाम्रो धार्मिक मान्यताविरुद्धका व्यवहार स्वीकार गर्न सक्दैनौं ।’
भारत बुद्धभूमि भएको दाबीपछि उनको बेलायतमा रहेका नेपाली र भारतीयले व्यापक विरोध गरेका छन् । सामाजिक सञ्जालमा उनको व्यापक विरोध भएको छ ।
गत वर्ष प्रधानमन्त्री निर्वाचित भएलगत्तै काठमाण्डु आएका उनले नेपालको संसदलाई सम्बोधन गर्दै बुद्धको पवित्र भूमि नेपालमा पाइला टेक्न पाउँदा आफू गौरवान्वित समेत भएको अभिव्यक्ति पनि दिएका थिए ।
उनको उक्त अभिव्यक्तिको स्वागत गर्दै नेपालका कतिपय सभासदले तालीसमेत बजाएका थिए । त्यसपछि नेपालमा उनका समर्थक बढेका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply