Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बिहारमा लालु-नीतिश गठवन्धनले दुई तिहाइ बहुमत प्राप्त गरि मोदी सरकारको बिजेपीलाई धुलो चटाए !
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, कात्तिक, २२ । विहार विधानसभा चुनावमा लालु यादव र नीतिशकुमारको गठवन्धनले २ तिहाइ बहुमत ल्याउने संकेत देखिएको छ ।
हाल जारी मत परिणाममा लालु-नीतिशको गठवन्धनले १६८ सिटमा अग्रता लिएको छ । यो अग्रता अन्तिमसम्म कायम रहे महागठवन्धनले २ तिहाइ ल्याउनेछ । २४३ सदस्यीय विधानसभामा १६२ सिट ल्याए २  तिहाइ पुग्छ ।
केन्द्रीय सत्तारुढ भारतीय जनता पार्टीसहितको गठवन्धनले भने ६५ सिटमा मात्रै अग्रता लिएको छ । र, उसले हार स्वीकार गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बीपेजीका अध्यक्ष अमित शाहले नीतिशकुमारलाई बधाइ दिएका छन् । शाहले बिहारका जनताको जनादेशलाई सम्मान गर्ने भन्दै भनेका छन्-‘नयाँ सरकारलाई मेरो शुभकामना छ कि बिहारलाई विकासको पथमा अगाडि लैजाओस् ।’
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहारको हारले दिल्लीमाथि भइरहेको केन्द्र सरकारको हस्तक्षेप रोकिने अपेक्षा व्यक्त गरेका छन् । उनले भने- ‘अन्य राज्यमा पनि केन्द्र सरकारको हस्तक्षेप बन्द होस् । हामी अपेक्षा गर्छौं कि सवा लाख करोडको विकास प्याकेज प्रधानमन्त्रीले बिहारमा घोषणा गर्नुभएको थियो, त्यो छिट्टै बिहारलाई दिइनेछ ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply