Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » बिहार चुनावमा मोदीलाई धक्का लाग्ने संकेत, नीतिश-लालु गठवन्धनलाई बहुमतको सम्भावना !
«
Next
Newer Post
»
Previous
Older Post

 काठमाडौं,कात्तिक  २२  । भारतको बिहार विधानसभा चुनावको मत गणना अहिले चलिरहेको छ र प्रारम्भिक मतगणनाको परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो धक्का खाने संकेत देखिएको छ ।
लालु यादव र नीतिशकुमारको महागठवन्धनले १२५ सिटमा अग्रता लिएको छ । यहि अग्रता अन्तिमसम्म कायम रहे बिहारमा उनीहरुकै सरकार बन्नेछ । २४३ सिट भएको विधानसभामा सरकार बनाउन १२२ भए पुग्छ ।

बिजेपी गठवन्धन भने ९९ सिटमा अगाडी छ । सुरुवातमा बिजेपीले अग्रता लिएको थियो । प्रारम्भिक मतगणनामा अग्रता लिएसँगै बीजेपीका कार्यकर्ताले खुसीयाली मनाउन सुरु गरिसकेका थिए तर, यो खुसियाली ले भने धेरैबेर टिकेन । तर, अहिले महागठवन्धन अगाडि गएको छ र उनीहरुका कार्यकर्ताले खुसीयाली मनाउन थालेको भारतीय रास्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बिहारमा १२ अक्टोबरकाट सुरु भएको पाँच चरणको चुनाव ५ नोभेम्बरमा सकिएको थियो । यो चुनावमा लामलुप्रसाद यादवका दुई भाइ छोरा समेत सहभागी छन् । महा दलित नेता जितन राम माझी दुईवटा सीटमा लडेका छन् ।
मतगणना अघि भारतमा धेरैजसो ‘एक्जिट पोल’ले सत्तारुढ भाजपा गठबन्धनले बहुमत ल्याउने आँकलन गरेका थिए । केही सर्वेक्षणले चाँहि नीतिश-लालु गठबन्धनले बहुमत पाउने देखाएका छन् ।
बिहारमा ६ करोड ६८ लाख अर्थात् ५६.८० प्रतिशतले मतदानमा भाग लिएका छन् । २७२ महिलासहित ३४ सय ५० उम्मेद्वार उठेका छन् ।
सम्पूर्ण क्षेत्रमा विद्युतीय मतदान भएकाले मतगणना केही घण्टामै सम्पन्न हुने छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply