Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » विप्लव माओवादीले नाकाबन्दीविरुद्ध भण्डाफोर गर्ने
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, कात्तिक २२ । भारतले नेपाली राजनीतिमा गरेको हस्तक्षेप र नाकाबन्दीविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले देशब्यापी भण्डाफोर अभियान चलाउने भएको छ । उसले आवश्यक परे सीमा सुरक्षाका लागि एक लाख युवा परिचालन गर्ने घोषणा पनि गरेको छ ।
माओवादीको युवा भातृ संगठन राष्ट्रिय युवा जनस्वयम् सेवक व्यूरोले आगामी मंसिर पन्द्र गतेदेखि माघ पन्द्र गतेसम्म २ महिना मेचीदेखि महाकालीका तराईका जिल्ला र प्रमुख शहरहरुमा अभियान सञ्चालन गर्न लागेको हो ।
आइतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष झकबहादुर मल्लले भारतीय विस्तारबादको कारण मुलुक संकटमा परेको भन्दै यस्तो बेलामा त्यसका विरुद्ध लड्न आफूहरु तयार भएको बताए ।
नेपाल-भारत सीमा क्षेत्रमा सीमा सुरक्षा बल गठन गरेर परिचालन गर्नुपर्ने भन्दै उनले त्यसकोलागि आवश्यक ठाने ६ महिनासम्मका लागि एक लाख यूवा परिचालन गरेर सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।
त्यसैगरी औषधि र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारसँग माग गर्दै राष्ट्रिय युवा जनस्वयम् सेवकले  माफीयातन्त्र, कालाबजारी, दलालीकरण र भ्रष्टाचारविरुद्ध कडा कार्यक्रम गर्ने पनि घोषणा गरेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply