Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » लोग्ने विदेश गएको मौकामा प्रेमीसँग यौन प्यास मेटाउन खोज्दा!!!
«
Next
Newer Post
»
Previous
Older Post

 महिला पुरुषवीच हुने शारीरिक सम्पर्कलाई विवाहले वैधानिकता दिएको छ। तर, त्यस्तो सम्पर्क अरुसँग राख्दा पाँचथरकी एक युवतीले ज्यानै गुमाउनुपरेको छ, जसमा वैदेशिक रोजगारी पनि प्रमुख कारण देखिएको छ। ६ महिनाअघि विवाह गरेका श्रीमान् साउदी अरब गएपछि परपुरुषसँग शारीरिक सम्पर्क राखेकी पाचथरको अमरपुर–९ की शान्ता तामाङको पाँच महिनाको गर्भावस्थामा मृत्यु भएको हो।

वाह गर्नुअघि मोरङ बेलबारी–५ का पशुपति तामाङसँग प्रेम सम्बन्ध राख्दै आएकी शान्ताको अन्ततः उनै पशुपतिसँगको शारीरिक सम्पर्कबाट बसेको ५ महिनाको गर्भका कारण शनिवार मृत्यु भएको हो।

बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएपछि शान्तालाई ‘दमले मृत्यु भएकी बहिनी’ भन्दै पशुपतिले इलामको गुम्बाडाडामा शव जलाउन खोज्दा अवैध सम्बन्ध खुलेको हो।

ताप्लेजुङको फूलबारी–७ का रामप्रसाद तामाङसँग विवाह गरेकी बिस वर्षीया शान्ताको पशुपतिसँग अवैध शारीरिक सम्पर्कपछि गर्भ रहेको र झापामा गर्भपतन गर्नेक्रममा गम्भीर हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमान् बैदेशिक रोजगारीमा गएपछि अमरपुरस्थित माइतीघर बस्दै आएकी शान्ता पशुपतिस”गको सल्लाहबमोजिम गर्भपतन गर्न बैशाख १८ गते पाचथरबाट बिर्तामोड झरेकी थिइन्।

‘झापाको कञ्चनजंघा अस्पतालमा गरेको भिडियो एक्सरे बोकेर सुरुङ्गाको म्यारिगोल्ड सेन्टरमा गर्भपतन गराएको देखिएको छ’ इलामस्थित जिल्ला प्रहरी कार्यालयका सई मनिष थापाले भने, ‘५ महिनाको गर्भपतन गर्दा गम्भीर हुनपुगेकी शान्ताको थप उपचारक्रममा झापाकै मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको रहेछ।’ सुरुङ्गाकै म्यारिल्याण्ड सेन्टरले भने गर्भपतन गर्न नमानेको खुलेको छ।

पक्राउ परेका पशुपतिले दिएको बयानअनुसार, तोकिएको अवधि नाघेको गर्भपतन गरेवापत म्यारिगोल्ड सेन्टरले अठार हजार रुपैयाँ लिएको थियो। अवैध सम्बन्धको प्रमाण बनेको गर्भ खेर फाल्न खर्चको जोहो गरेरै बेलबारीबाट बिर्तामोड आएका पशुपतिले गम्भीर भएपछि शनिबारै मनमोहन अस्पतालमा शान्तालाई भर्ना गरेका थिए। त्यहाँ ज्यान गएपछि पशुपतिले ‘बहिनी’ भन्दै शान्ताको शव एम्वुलेन्समा इलामतर्फ ल्याएका थिए।

‘अवैध सम्बन्धले गर्भ बसेको र त्यो पतन गर्नेक्रममा ज्यानै गएपछि अतालिएका पशुपतिले शान्ताको शव बाटैमा अन्त्येष्टि गर्न चाहेको देखिन्छ’ मुद्दा फाँटका सई थापाले भने, ‘त्यसक्रममा चुरेघा”टी नजिकैको गुम्बाडा”डामा एम्वुलेन्स रोकेर शव जलाउने दाउरासमेत खोजिसकेको अवस्थामा रहस्यमयी घटना बाहिर आएको हो।’ त्यहाँ बुद्धजयन्ती तयारीका लागि भेलिएका गाउ”लेले शवबारे प्रहरीमा खबर गरेका थिए।

‘दमको बिरामले उपचार गर्दागर्दै बहिनीको मृत्यु भएको, अमरपुर पुर्‍याउन खर्च नभएको र गाउमा लामा नभएको कारण देखाएर दाजुको अभिनय गरिरहेका पशुपतिले बाटैमा शव जलाउन चाहेका थिए’ शनिबार गुम्बाडाँडामै रहेका बिब्ल्याटेका राजेन तामाङले भने, ‘चिता बनाउन दाउरा ठिक पारिसकेपछि एम्वुलेन्सबाट शव झिक्दा पेट ठूलो देखेपछि शंका लागेर केरकार गर्दा अवैध सम्बन्ध निर्क्यौल गर्दै प्रहरी बोलाएका हौं।
साभार : zoomnepaal ब्लग बाट 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply