Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » नेपाली क्रिकेटरको प्रशंसा गर्दै पाकिस्तानी प्रशिक्षक !
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, कात्तिक २३ । पाकिस्तानी क्रिकेट कोच वकार युनिसले नेपालसितको टुर म्याचलाई लिएर सन्तुष्टी व्यक्त गरेका छन् । नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै यूएईको पत्रिका द नेशनलसित उनले कुरा गरे ।
आवुधावीमा आयोजित नेपाल र पाकिस्तानको एकदिवसीय म्याच पाकिस्तानले एक सय २१ रनले जितेको थियो । तर, नेपालले टेष्ट नेशनविरुद्ध राम्रो प्रदर्शन गरेको थियो ।
बकारले यो जितबाट आफ्नो टोलीले ‘चाहेजस्तो अभ्यास’ गरेको प्रतिक्रिया दिए । ‘पाकिस्तानका दिग्गज बलरहरुलाई उनीहरुले ५० ओभरसम्म रोक्नु भनेको नेपालको क्रिकेट कति माथि उठ्दैछ भन्ने प्रमाण हो,’ ‘यो खेलले उनीहरुको विषयमा सबै कुरा बोलेको छ ।’ वकारले भने ।
गत वर्षको वल्र्ड टी-२० मा नेपालले खेलेको स्मरणसमेत वकाले गरे । उक्त प्रतियोगीतामा नेपालले खेलेका म्याचमा उनले कमेन्ट्री गरेका थिए । ‘त्यतिबेला पनि उनीहरुको क्रिकेट वास्तवमै प्रतिस्पर्धात्मक देखिएको थियो ।’ वकारले भने ।
उनी फेरी भन्छन्-‘एसोसिएट राष्ट्रले फुल मेम्बरसित खेल्ने अवसर कमै पाउँछन् । उनीहरुको लागि यो कठिन प्रतिस्पर्धा हो । फेरिपनि नेपालले फाइट गर्‍यो । सायद आफूभन्दा बलियो टोलीविरुद्ध खेल्दा उनीहरुले धेरै कुरा सिकेका छन् ।’
नेपालका प्रशिक्षक पुबुदु दासानायकेले पाकिस्तानले आफ्नो टोलिप्रति देखाएको सम्मानलाई लिएर आभर व्यक्त गरेका छन् । यूएईमा पपुवा न्यूगिनीविरुद्ध श्रृंखला नेपालका कोचको रुपमा उनको अन्तिम भ्रमण हो । दासानायकेले भनेका छन्, ‘नेपाल र पाकिस्तान दुई अलग स्तरका देश हुन् । हामीले उनीहरुसित आफ्नो क्षमता देखायौं ।’
उनले पाकिस्तानले नेपालविरुद्ध आफ्नो पहिलो रोजाईको टोली पठाएकोमा पनि धन्यवाद दिए । ‘मैले आफ्ना खेलाडीहरुलाई भनेको थिएँ कि विपक्षी खेलाडीको नाम नहेर, खाली बलमा ध्यान देऊ’ पुबुदुले भने-खेल सकिएपछि उनीहरुसित फोटो खिच्ने अटोग्राफ लिने जे गरे पछि हुन्छ । तर, मैदानमा प्रतिस्पर्धीका रुपमा आत्मविश्वासपूर्वक प्रस्तुत होऊ । हाम्रा ब्याट्सम्यानहरु पूरै ५० ओभरसम्म टिकेर खेले । यसको मतलब हो, हामी प्रतिस्पर्धा गर्न सक्छौं ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply