Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » ६० हजार मै नेपाली नागरिकता, होटलबाटै निर्माण गरि यसरी बिक्री हुन्छ !
«
Next
Newer Post
»
Previous
Older Post

सप्तरी, कात्तिक २१ ।  नागरिकतामा सप्तरीको मानराजा गाविस ४ निवासी ठेगाना भएको यो माथिको तस्वीर अकबर साहको नागरिकताको हो ।
बाबुको नाममा रब्बुल हसन साह, जन्म मिति २०३० महिना १ गते ९,  उल्लेख रहेको नागरिकताको प्रमाण नम्बर १६११८३/३३४ उल्लेख छ तर यो नागरिकता जिल्ला प्रशासन कार्यालयमा जारी भएको भने होइन । सप्तरी सदरमुकाम राजविराजको एक  होटल (लज)मा बनेको नेपाली नागरिकता हो । साथै नागरिकता लिने साह न त सप्तरीको मानराजाका बासिन्दा हुन् न त उनको पिताको नाम नै सक्कली । उनी भारतीय नागरिक हुन् ।

नागरिकता लिने-दिने पाँच पक्राउ
सप्तरी सदरमुकाममा एक गिरोहबाट यसरी नै नागरिकता बनाउने गरेको खुलेको छ । साथै यसमा संलग्न पाँच जना पक्राउ परेका छन् । नागरिकता बनाउने तीन जना र लिने दुई जनालाई राजविराज ४ स्थित दिप साजन लजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कुसहा गाविस ९ बस्ने ५९ बर्षीय राजेन्द्र प्रसाद चौधरी, राजविराज ५ बस्ने ५२ बर्षीय वकील झा, तिलाठी गाविस ३ बस्ने ५५ बर्षीय चादुचन्द्र मिश्रा छन् । यस्तै भारतको उत्तर प्रदेश घर भई हाल बुटबल १३ बस्ने २२ बर्षीय संजीब मियाँ र भारतको उत्तर प्रदेश सिद्वार्थनगर घर भई बुटबल ३ बस्ने अकबर साह पनि पक्राउ गरेका छन् ।
उनीहरुको साथबाट नेपाली नागरीकता बनाउन प्रयोग हुने कार्ड, जिल्ला प्रशासन कार्यालय सप्तरीको छाप, प्रशासकिय अधिकृतको छाप, रजिष्ट्रर लगायतका कागजात बरामद भएको प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिए ।

गिरोहबाट के-के भयो बरामद ?
पक्राउ परेका उनीहरुको साथबाट अकवर साह सहित १२२ मानिसहरुको फोटो सहितको बायो डाटा भएको कार्यालयको रजिष्टर एक थान, राष्ट्रिय वाणिज्य बैंकको २१८००००१७९१८ नम्बरको चेक एक थान, मोबाईल पाँच थान, कालो डायरी एक थान, भारतीय नागरिक अकबर साहको नाममा जिल्ला प्रशासन कार्यालउ सप्तरी लेखिएको नागरिकता प्रमाण पत्र नम्बर १६११८३/३३४ उल्लेख भएको नेपाली नागरिकता प्रमाणपत्र एक थान, बरामद भएको छ ।
यस्तै नेपाली नगद रुपैयाँ ५०० को थान ८९ जम्मा ४४ हजार ५ सय, विभिन्न व्यक्तिको नागरिकताको फाटोकपी बरामद भएको प्रहरीले जनाएको छ ।

कसरी बनाइयो नागरिकता ?
सप्तरीका झा, चौधरी र मिश्राले भारतीय नागरिक अकबर साहको नागरिकता बनाइदिने भन्दै लजमै बोलाएका थिए । अकबर आफ्ना साथी संजीब मियाँसहित बुटबलबाट यसैका लागि राजविराज आएका हुन् । कबर आए लगत्तै ६० हजार रुपैयाँमा नेपाली नागरिकता बनाउने तय भयो ।
अकबरले तत्कालै १५ हजार झालाई दिए । यसपछि उनको नागरिकता कार्ड भर्ने काम भयो । नागरिकता कार्डमा नाम, ठेगाना नक्कली भरिरहेकै अवस्थामा प्रहरीले उनीहरुलाई समातेका हुन् ।
अकबरसँग आएका सञ्जीब मियाँ यसअघि २०७० सालमै आफ्नोसहित भाई जमशेर मियाँको नाममा यही गिरोहबाट नागरिकता बनाएका थिए । ५० हजार तिरेर उनले त्यस बेला नागरिकता लिएका थिए । भारतीय नागरिक सञ्जीबकै साथ लागेर अकबर नागरिकता बनाउन राजविराज आएका हुन् ।
कर्मचारी पनि शंकाको घेरामा
झा, चौधरी र मिश्राको साथबाट अकवर साहको बायो डाटा भएको जिल्ला प्रशासन कार्यालयको जस्तै रजिष्टर फेला परेको छ । उक्त रजिष्टरमा उनीसहित १ सय २२ जना मानिसहरुको फोटो र औंठा छापसहितको रेकर्ड रहेको छ ।
नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय सप्तरी लेखिएको अड्डाको छाप थान १, प्रशासकिय अधिकृत चिरञ्जिवी भट्टराई उल्लेख भएको छाप एक थान समेत बरामद भएको छ । यसले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको समेत संलग्नता भएको आशंका बढाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी ढकालले कर्मचारीहरुको पनि संलग्नता हुन सक्ने बताए । यस्तो किसिमको किर्ते नागरिकता बनाउने प्रमुख व्यक्तिको पहिचान भइसकेको र उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि सप्तरी प्रशासन कार्यालयमै कार्यरत एक जना प्रशासकीय अधिकृत किर्ते नागरिकतामा सजाय पाइसकेका छन् । किर्ते नागरिकता बनाएको ठहर गर्दै सप्तरी जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय सप्तरीका तत्कालिन प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की, काचन गाविसका सचिव नवोनाथ मिश्र र प्रहरी चौकी काचनका प्रहरी सहायक निरीक्षक सत्यनारायण महतो तथा सनाखत बस्ने अन्य ९ जना सर्वसाधरणलाई सजाय सुनाइसकेको छ । चैत १९ गते अदातलतको इजलासले उनीहरुलाई कैद तोक्दै जनही २० हजार जरिवाना सुनाएको थियो ।
काठमाडौं महानगरपालिका-१ बस्ने प्रल्हाद शम्शेरको छोरा ज्योतिशम्शेर राणाको नाममा सप्तरी काचन-२, ३, ४, ६ र ७ मा रहेको २४ बिघा जग्गा हडप्ने नियतले स्थानीय एक व्यक्तिलाई जग्गाधनी ज्योतिशम्शेरका नाममा झुटो विवरण पेस गरी नागरिकता बनाइदिएको अभियोगमा प्रशासकीय अधिकृत कार्कीसहितकालाई मुद्दा चलाएको थियो ।


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply