Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » चराको नाममा एक करोड सम्पत्तिको बकसपत्र
«
Next
Newer Post
»
Previous
Older Post

अमेरिकाकी एक महिलाले आफ्नो १ करोड ५ लाख रुपैयाँ बराबरको सम्पत्ति ३२ वटा चराको नाममा लेखाइदिएको खुलासा भएको छ ।
चराको नाममा करोडको सम्पत्ति लेखाउने यी महिला न्युयोर्ककी व्यवसायी लेस्ली एन मेन्डल हुन् । मेन्डलको गत जुन महिनामा ६९ वर्षको उमेरमा निधन भैसकेको छ । उनको कोखबाट कुनै सन्तानको जन्म भएको थिएन अर्थात् उनी निसन्तान थिइन्, त्यसैले आफ्नो नामको सम्पत्ति आफ्नो घरमा पालेका चराहरुको नाममा गराएकी थिइन् ।

लेखक आर्थर हर्जोगसँग विवाह गरेकी लेस्लीले हरजोगका छोरालाई चराको नाउँमा दिएको सम्पत्तिको संरक्षक समेत घोषणा गरी मर्नुअघि बकसपत्र दिएकी थिइन् ।

चराको नाउँमा दिएको १ करोड ५ लाख रुपैयाँ बराबरको सम्पत्तिको बकसपत्रमा उनले लेखेकी छिन् : चरालाई दिनहुँ खाना खुवाइयोस् भन्ने मेरो इच्छा छ । प्रत्येक सोमबार तथा बिहिबार चरा बस्ने घर सफा गरियोस् ।

यो कुरामा समेत ध्यान दिइयोस् की चराचुरुंगीलाई खुवाउने खाना केवल एवी केक्स, क्यारेट, वाटर तथा पपकर्नबाट मात्रै खरीद गरियोस् । यो रकमबाट चरा सँगसँगै मेरो फ्रस्टी नामको कुकुर तथा किकी नामको बिरालोको पनि पालन पोषण गरियोस ।

स्मरण रहोस् लेस्ली अमेरिकाका धनाढ्यहरुको सूचिमा एक थिइन् । उनी अमेरिकाका पूर्व राष्टपति जिम्मी कार्टरको चुनावी अभियानमा समेत सक्रिय रुपले लागेकी थिइन् । त्यस्तै अमेरिकी राष्टपति रोनाल्ड रेगनको कार्यकालमा स्पीड टाइपिस्टको भूमिकामा काम गरेकी थिइन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply