काठमाडौ । नया संबिधानको धारा ७८ मा प्रधानमन्त्री र मन्त्री हुन न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण गरेको हुनु पर्ने संशोधन प्रस्ताव फिर्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्री हुनका लागि स्नातकोत्तर उतिर्ण हुन पर्ने भनी राखिएको संशोधन प्रस्ताव फिर्ता भएको हो ।
नयाँ संविधानको मस्यौदामा जनमत संकलन गर्ने क्रममा मन्त्री तथा प्रधानमन्त्रीको न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने माग आम सर्वसाधारणबाट आएपनि नयाँ संविधानमा नलेखिने भएको छ ।
अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दर्ता गराएको संशोधन प्रस्ताव आजको बैठकको शुरुमा आफ्ना बाँकि संशोधन प्रस्ताव अभिलेखमा रहने गरी फिर्ता लिएपछि प्रधानमन्त्री र मन्त्रीको योग्यताको प्रस्ताव मस्यौदाबाट हटाइएका हो ।



No comments