सत्य चिज तितो हुन्छ तर त्यी तितो चिज कालान्तरमा दबाई पनि बन्छ l सबै प्रसंगमा सत्य दबाई नहुदो रहेछ ! सत्यकुरा बोल्दा सुकरातले बिष पिउनु परेको थियो ! देशलाइ माया गर्ने मान्छेलाइ दाशढुंगामा घोपटाईन्छ !यो सत्य हो कि ‘मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन’ भनेर नेपालको सामाजिक, मौलिक क्रान्तिका कबी लक्ष्मीप्रसाद देबकोटालाइ पनि पागल भनियो ! राँची लग्नु पर्छ भनियो । देशलाइ माया गर्ने मानिसहरु शहिद भएर मरे । देश द्रोहीहरु देशको मालिक बने l दरबारको पनि सुनुयोजित बंश नाश गरियो, यो झन कटुसत्य हो l यी अभिजात साशकले हामीलाई झुटको इतिहास मात्र सुम्पेका छन l न मदन भण्डारीलाइ अमर लामाले मारेका थिए न राजा बिरेन्द्रलाइ दिपेन्द्रले गोलि हानेका हुन l खैर, जे सुकै भए पनि नेपालमा राष्टबादी युवा एकजुट हुनपर्छ भन्यो भने पनि ‘राजाबादी’ भयो भन्छन् l बिद्रोह गरौं भन्यो भने पनि जंगलीको आरोप लगाउछन l यी सबै आरोपका बीचमा उभिएर राष्टबादी युवा र आम समुदाय एक जुट हुन परेको छ l देवता मान्दिन भनेर के गर्ने ? देशलाइ जोगाउने भनेको त्यही एउटा ‘पशुपतिनाथ’ न रह्यो l आजको आलेखमा मैले पुर्बराजा र प्रचण्डको राष्टबादको बारे केहि लेख्दै छु l यो लेख तयार गर्दा म कुनै बादमा रुमलिएको छैन डेमोक्रेसीको ‘ड’ र कम्युनिज्मको ‘क’ थाहा नहुनेहरु खुब ठुलो कुरा गर्छन l म त्यो बादलाइ थाति राखेर आज मसिनो कुरा गर्छु l पुर्ब राजाको राष्टबाद- राजा आउ देश बचाउ भनेर जुलुस निकाल्ने स्थिति त छैन l तर गान्धी परिवारको अबैधानिक शनकका कारण दुइसय पच्चीस बर्षको संस्था संभबत; समाप्त भएको छ l हामीले राजनैतिक दललाइ हाम्रो नाशो ठानेका हौं l सोहि मुताबिक पुर्बराजाबाट नासो पनि फिर्ता भएको थियो l फरक यत्ति भयो हाम्रा दलले ‘डन’ पाल्न थाले ज्ञानेन्द्रले छोरा डन भयो भनेर छोरा नै त्याग गरीदिए l राष्टबादको कोणबाट हेर्दा पुर्बराजा प्रधान दुश्मन हुनु हुदैन l खासमा भन्ने हो भने पुर्बराजा ज्ञानेन्द्र शाहलाइ जति देशको माया यी बिजय गच्छदार, अशोक राइ, प्रचण्ड, आङ्काजि, बाबुराम, माधब नेपाल वा अन्य लगायतलाइ छैन l ज्ञानेन्द्र देशलाइ माया गर्दैनथे भने उनी भागेर विदेश जान्थे l बिश्वमा यस्ता धेरै उदाहरण छन जो सत्ताच्युत भए पछि अक्सर उही मुलुकमा बस्दैनन l ज्ञानेन्द्र पनि कुनै मुलुकको शरणमा बस्न सक्थे l तर नेपालि जनताको माझमा बस्नु उनलाई डर भएन l किनभने उनको मनले नेपालको कुभलो चाहदैनन् l चाहेको भए सजिलै गद्दी छाड्ने थिएनन् l ज्ञनेन्द्रलाइ हटाइयो भने नेपाललाइ सजिलै टुक्राउन सकिन्छ भन्ने एक थरीको बुझाइ थियो l बिन लादेन, भिन्दरेवाल र लेन्डुले उत्पादन गरेको नयाँ प्रथा जो नेपालमा कायम मुकायम छँदैछ l सत्य कुरा के हो भने राजसंस्था एउटा यस्तो संस्था हो जसले आफ्नो पुस्ता हस्तानतरण कै लागि भए पनि नेपाललाइ ‘अखण्ड’ राख्न चाहन्थ्यो l जननेता बिपी कोइरलाले राजासंग घाटी जोडिएको छ भनेर मेलमिलापको नीति अङ्गीकार गर्नुको मुख्य कारण पनि यही थियो- कि कम्तीमा राजाले नेपाललाइ बिलय हुन दिदैनन् l नेकपा-माओबादीलाई हार्डलाइनर अलग राखेर जबर्जस्त लादिएको संघीय लोकतान्त्रिक गणतन्त्र भारत को योजना हो l हार्ड लाइनर हमेसा भारतको बिरोध गर्दछ l यद्दपी देशभक्त बन्नको लागि भारत कै बिरोध गरिरहनु पर्दछ भन्ने मान्यता सही होइन l समय अनुकुल सम्बन्धहरुमा फेरबदल आउनु पर्दछ l राजसंस्था हटे पछि ढिलो चाडो नेपाल भन्ने तत्कालिन हिन्दु राष्टलाइ बिलय गराउने पश्चिमाको धार्मिक चालबाजी पनि हो l यसका संकेतहरु अहिले देखा परी रहेका छन् l
तपाई एउटा कुरा के ख्याल राखनुस भने-अहिले पहिचानको आधारमा जातीय राज्य खोज्ने अधिकांश मानिस नेपालि होइनन् l युरोपको बिभिन्न जगाबाट फेसबुकमा भुक्ने जातिवादीहरुसंग नेपाली नागरिता छैन l नेपाली पासपोर्ट छैन l उनिहरु तिब्बतियन वा भुटानी शरनार्थीको रुपमा युरोपको कार्ड सुबिधा लिएका छन् l यसमा तिब्बतियन रिफौजीहरु पनि छन l यिनलाई पश्चिमा मुलुकले स्थायी बसोबासको कार्ड र रासनपानी दिएको छ कि क्रिश्चियन बनेर नेपाल पस्ने सर्तमा l यसको उदाहरणको रुपमा पस्चिमाका दलाल र डलरबादी आङकाजि शेर्पा लगायतहरु जनजाति आन्दोलनको नाममा पुर्ब बडा-महाराज धिराजलाइ युद्ध अपराधी घोषणा गर्नु पर्छ भनेका छन l नेपालको राष्टिय झण्डा फेर्नु पर्छ भनेका छन् l गाइ काटेर खान पाउने पर्ने माग राखेका छन् l यसबाट प्रस्ट हुन्छ कि गुदी कुरा कुन गर्भबाट बिकास भई रहेको छ l के यो युगमा आएर पृथ्वी नारायण शाहको मानहानी गर्नु उचित हो ? नेपालको झण्डा मात्र किन देश कै नाम फेर्ने कि ? धार्मिक अधिकारको नाममा खुलमखुल्ला गाइ काटेर खादा अन्य समुदायको मानब अधिकार हनन भएँन ? क्रिश्चियन धर्मले राजनीति गर्न बन्देज गर्छ l यिनीहरु नक्कली नेपालि र नक्कली क्रिश्चियन हुन l त्यसकारण एन.आर .एन ले उठाउदै आएको दोहोरो नागरितालाइ कुनै पनि हालतमा स्वीकार गर्नु हुदैन l अन्यथा उनीहरु नेपाल पसेर जात र धर्मको नाममा बितण्डा मच्चाउने छन् l यदी तपाई कोहि आफ्नो देशलाइ बचाउन चाहनु हुन्छ भने युरोपमा बसेर कति पैसा कमाउने हो कमाउनुहोस् तर अन्तत; त्यहाको नागरिता त्यागेर नेपालि बन्नुहोस् l हामि सबैको अन्तिम गन्तब्य आर्यघाट नै हो l देश बच्यो भने हाम्रो पुस्ता बच्च l त्यसकारण एन.आर.एनको दोहोरो नागरिताको मागलाइ शंकाको दृस्टीकोणले हेर्न जरुरी छ l राज संस्थाको अन्त्य पछि धेरै कुरामा फेरबदल आयो l जसरी दरबार हत्याकाण्ड भयो त्यसपछि नेपाल र भारतबीचको कुटनीतिक ‘पोर्टफोलियो’ बरियाताक्रममा आकस्मिक गिरावट आयो । नेपाल–भारत सम्बन्धका जानकार भेषबहादुर थापाले यो कुरा स्वीकार गरेका छन कि- ‘राजा वीरेन्द्रको पालामा नेपाल र भारतको कुटनीतिक मर्यादा दुई देशबीचको जस्तो थियो । अहिले त्यो कुटनीतिक मर्यादा समाप्त भएको छ ।’ सुनुयोजित जसरी- नेपालको प्रधानमन्त्रीलाई त भारतको एउटा राजदूतले घुमाई दिएको छ । सरकारी उच्च अधिकारीको त कुरा छोडौ । नेताहरु राजदूतलाई भेट्न खुद निवास पुग्छन् । राकेश सुद त झन मन्त्रीको घरघर पनि जान्थे । कुनैपनि सरकारी काम अफिसियल जस्तो भएन र छैन पनि । अझै रहस्यमको कुरा त के छ भने-राजा वीरेन्द्रको वंशनाश गर्दा त्रिभुवन सदनमा गोली चलाउने हत्याराको खास पहिचान हुन नसकेपनि त्यो दिन प्रयोग गरेका तीन वटा हतियार अहिले पनि बेखबर छन् । ती हतियार अहिले कहाँ कस्तो हालतमा छन ? कतै बताइएको छैन । हत्याकाण्डमा जर्मनीमा बनेको ९ एमएम क्यालीबरको ग्लक सब मेसिनगन, अमेरिकामा बनेको ५.५६ क्यालीबरको एम–१६ राइफल ( एटु भर्सन ) र ९ एमएम कै गोली लाग्ने सर्टगन प्रयोग भएको थियो भन्ने कुरा बाहिर आएको थियो । हत्याकाण्ड पत्ता लागुन त्यी हतियार काफी नै छ l शंका गरिएका सबैलाई Finger print र हतियारको बाहिरी भागलाई उच्च स्तरको ल्यावमा जाँच गराउनु पर्छ । त्यो नेपाल र भारतमा सम्भव छैन । रसिया वा अमेरिकाको ल्यावमा लैजानु पर्दछ l Finger print र हतियारको कभर print मेल खान गयो भने कोहि न कोहि को संलग्नता ठहरिन्छ । प्रचण्डको राष्टबादको राष्ट्रबाद- होलेरी काण्ड’ मा पनि राजा वीरेन्द्रले तत्कालीन माओवादीलाई मार्न सेना प्रयोग गर्न दिएनन् । उहाँको बिचार थियो, ‘नेपालीलाई मार्न नेपाली सेनाको प्रयोग कदापी गर्न मिल्दैन । नेपाललाई शान्ति भूमि बनाईयोस भनी विश्वसामु सामू प्रस्ताप गर्ने राजा वीरेन्द्रको सुजियोजित हत्यापछि नेपाल सम्भवत टुहुरो नै भएको छ । तत्कालीन माओवादीसंग राजाको जो सम्भावित वार्ता थियो, त्यो पनि सफल हुन दिइएन । माओबादी र राजा बिरेब्द्र बीच पोखरामा बार्ता हुने बहस चलिरहँदा दरबार मा हत्या काण्ड भएको थियो l माओबादी राजा संग मिलेर अन्य दल लाइ खत्तम गर्ने कि दलसंग मिलेर राजालाइ खत्तम गर्ने भन्ने बारे अन्योल रहे पनि बिरेन्द्रसंग सहकारी गर्न सकिने संभाबना थियो l प्रचण्डले भन्ने गरेको राष्टबादीसंग को तालमेल भन्ने पनि यही थियो l तर यो केबल सपनामा सिमीत भए पछि माओबादि राजा होइन दलसंग मिल्नु अनिबार्य थियो l त्यसपछि माओबादि र अन्य दलको बैचारिक मिलानमा खासै भिन्नता आएँन l सबैको उद्दश्य कमाउ धन्दा नै भयो l हरेक महान बिचार झुपडी र गरिको आगनबाट निर्माण हुन्छ र महलको कोठामा पुगेर र हराउछन l बार्ह बर्षको महान जन युद्धले दुइ चार जना मानिस आरब पति हुन सके l दुइ चार जना मानिसका छोरि जोवाई करोड पनि बने l तिनका नाति नतिना भान्जा भान्जी विदेश पढ्न जान सके l जनतामा फेरबदल त न प्रजातन्त्रमा आयो न यो गनतन्त्रमा l पंचायतमा आउने कुरै भएँन बरु राणाकालिन समयमा मठ मन्दिर बनेका कारण सबैलाई पुजा गर्न सजिलो भएको छ l देशलाइ अनिर्णयको बन्दीमा फसाउने काम नै माओबादीको नयाँ उन्नत राष्टबाद हो l प्रचण्ड पनि प्रधानमन्त्री बने l उनले मनमोहन सिङलाई करिब आधा घण्टा अँगालो हाले | त्यहाँ खाए पिए तर असमान सन्धी र मिचिएका सीमाको बारेमा चुँइक्क पनि बोल्ने उनमा हिम्मत आएन | बल्ल बल्ल पाएको कुर्सीको दिर्घायुको लागि भिख माग्दै निर्लज्ज फिर्ता भए | उनले काठमाडौँका जनतालाई सुकिला मुकिलाको संज्ञा दिए | आफुले डेढलाखको पलंग चढे | रोलेक्स घडीमा ठाँटिए | आज उनको सम्पति विवरण कसैलाई थाहा छैन ? प्रचण्ड सत्तामा नजाउन्जेल सम्म खुब गर्जीन्थे | शान्ति, संबिधान, देश विकाश आफ्नै खल्तीमा भएको र आफुले सत्ता पाउने बित्तिकै जनतालाई चकलेट झैं बाँड्ने हो कि जस्तो गर्दथे | खरो राष्ट्रबादी भै भाषण गर्दथे, अमेरिकी पुंजिबाद र भारतीय बिस्तारबादलाइ घुंडा टेकाउने कुरा गर्दथे, सुरुंग युद्द नै झन्डै लडेका भारतसंग मुखले त माओबादी नेताहरुले | भारतीय लगानीले नेपाली अर्थतन्त्र र श्रमिकको हित हुन नसक्ने उनीहरुको ठहर थियो | सबै असमान सन्धि सम्झौता खारेज गर्ने, मिचिएका सीमाहरु फिर्ता माग्ने भन्थे | भ्रष्टाचार जरै देखि उखेलेर फाल्नु पर्छ भन्थे | क्रान्तिकारी भूमिसुधार, जसको जोत उसको पोत जस्ता लोभलाग्दा नाराहरु घन्काए | शान्ति सुरक्षा र जनधनको रक्षामा कमि भो भनेर अरु दललाई खुब उडाउँथे |
![]() |
| लेखकः दिल निसानी मगर |
साभार : hamrosandesh.com




No comments