Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नवजात शिशुको नाक अस्पतालमै मुसाले खाइदिए पछि…
«
Next
Newer Post
»
Previous
Older Post

अस्पतालमा उपचारका लागि ल्याइएको एक नवजात शिशुको नाक मुसाले टोकिदिएपछि भारतको मध्य प्रदेशस्थित धारको जिल्ला अस्पतालमा हालै ठूलै तहल्का मच्चियो । यो घटनालाई लिएर अस्पतालले अस्पतालको सिभिल सर्जन वार्डकी पालेलाई बर्खास्त गर्नुका साथै एक स्टाफ नर्सलाई निलम्बन गर्नुपरेको छ ।
केही समयपहिले एक निजि अस्पतालमा उक्त बच्चाको जन्म भएको थियो । बच्चाको स्वास्थ्य निकै बिगि्रएपछि उसका बावुआमाले उपचारका लागि जिल्ला अस्पतालको बाल वार्डमा भर्ना गरेका थिए । तर बच्चा उपचारकै क्रममा रहेको अवस्थामा केही दिनअघि बच्चाको नाक मुसाले काटिदिएपछि अस्पतालको लापरवाहीको विषय ठूलै चर्चाको विषय बनिरहेको छ ।
तर अस्पतालले भने बच्चाको नाक मुसाले काटेको कुरा अस्विकार गर्दै आएको छ । सर्जन डाक्टर गंगराडेले विरामी बालकको उपचार जारी रहेको र उसको स्वास्थ्यमा निकै सुधार आइरहेको भन्दै उसलाई मुसाले टोकेको भन्ने कुरा गलत रहेको बताएका छन् । तर यस्तो गलत अफवाह रोक्न नसकेको भन्दै दुइ कर्मचारीमाथि कारवाही गरिएको उनको दाबी छ । कर्मचारीहरुले भने अस्पताल प्रशासनले आफ्नो कमजोरी लुकाउनका लागि दुइ कर्मचारीमाथि कारवाही गरेको भन्दै विरोध गरेका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply