Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » काकालाई वस्तु बाँध्ने किलामा बाँधेर तमसुकमा सही छाप
«
Next
Newer Post
»
Previous
Older Post

जनकपुर । घटना १ बर्ष पहिलाको हो तस्वीरमा एकजना हजुरबालाई गोरु बाँध्ने किलोमा मोटो डोरीले टनटनी बाँधिएको छ । गम्छा बेरेको एक व्यक्तिले हातमा कागज बोकेर बूढा मान्छेका दुबै हात कुल्चिएको देखिन्छ भने अर्को व्यक्तिले बूढोमान्छेलाई दाम्लाले कसिरहेको देखिन्छ । छेउछाउमा अरु मानिस पनि छन् ।
यो कुनै नाटकको दृश्य होइन । मधेसमा अहिले पनि १८ औं शताब्दीको जंगबहादुर राणाकालीन सामन्ती परिपाटी हटेको छैन भन्ने एउटा कुरुप घटनाको दृश्य हो यो ।
दसैंका बेला गोरु बाँध्ने थलोमा बाँधिने व्यक्ति धनुषा, परवाहा-२ निवासी ज्येष्ठ नागरिक ७० वर्षीय मुलहु साह हुन् ।
साहलाई आफ्नै भाइ र भतिजा मिलेर बाँधेका हुन् ।
बाँध्ने टोलीको नेतृत्व गर्ने शिवजी साह नेपाली कांग्रेसमा सक्रिय कार्यकर्ता हुन् । प्रत्यक्षदर्शीका अनुसार शिवजीले आफ्ना तिनैजना छोरा झगरु साह, मनोज साह र पप्पु साहको सहयोगमा आफ्ना बुढा दाजुलाई गोरुजस्तै बाँधेर कागजमा औंठाछाप गराएका छन् ।
दाजुसँग जग्गा माग्दै आएका उनले जग्गा हडप्नका लागि त्यसरी बाँधेर औंठाछाप गराएको बताइएको छ । दाजुलाई बाँध्ने शिवजी यसअघि स्थानीय निकायको निर्वाचनमा लड्ने गरेका र गाँउमा पञ्च भलादमीको भूमिका समेत खेल्ने गरेका कांग्रेस नेतासमेत हुन् ।
समाजकै अगाडि यत्रो अत्याचार हुँदासमेत शिवजीमाथि कारवाही हुन सकेको छैन । घटनाको तस्वीर र भिडियो प्रहरीसमक्ष पुगेपछि स्थानीइ प्रहरीले घटना भएको चार दिनपछि शिवजीका दुई छोरालाई पक्राउ गरेको छ । शिवजी र उनका एक छोरा मनोज भने फरार छन् ।
कांग्रेस कार्यकर्ता शिवजीले सुरुमा सभासद रामकृष्ण यादवको दबावमा औरही प्रहरी चौकीबाट घटनाको ढाकछोप गर्न खोजेका थिए । तर, स्थानीयको अग्रसरतापछि प्रहरीले उनीहरुलाई वारेन्ड काटेको हो ।
पीडित पक्षले सभासद यादवलाई घटनाको प्रमाणबारे जानकारी गराएपछि उनले प्रहरीलाई दबाव दिन छाडेको र पछि हटेको स्थानीयले बताए ।
मुलहुलाई बाँधेर औंठाछाप लगाएकोमा स्थानीय बल्वा पण्डितले रोक्न खोज्दा उनीमाथि पनि पीडक चारैजनाले दुर्वव्यवहार एवं हातपात गरेको भिडियोसमेत प्रहरीसमक्ष पुगेको छ ।
यद्यपि अहिले पनि कांग्रेस कार्यकर्ता भएकै कारण शिवजीलाई पक्रन र दोषीउपर कारवाही अगाडि बढाउन प्रहरीले ढिलासुस्ती गरिरहेको स्थानीयको गुनासो छ ।
फरार दुबैजना सीमावर्ती भारतको हरिनेस्थित अाफ्ना छोरी/ज्वाँइको घर रहेको तर, प्रहरी उनीहरुलाई पक्रन तदरुकता नदेखाएको स्थानीय बताउँछन् ।

सभासदको दवावमा घटना ढाकछोप गर्न खोजेको गाउँलेको आरोप
धनुषा क्षेत्र नं. २ का निर्वाचित सभासद रामकृष्ण यादवको दवावमा यो घट्नालाई औरही प्रहरीचौकले ढाकछोप गर्न खोजेको गाउँलेले आरोप लगाएका छन् । शिवजी नेपाली कांग्रेसका सक्रिय गाउँ स्तरका नेता हुन् । तर फरार बाबुछोरालाई पक्राउ गर्न र दोषीमाथि कारबाही गर्न प्रहरीले खासै चासो नदेखाएको स्थानीय दिनेश ठाकुरले बताउनुभयो । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply