Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » रूपन्देहीको बेथरीमा झडप, ४ वर्षे बालकसहित चार जनाको मृत्यु
«
Next
Newer Post
»
Previous
Older Post

रूपन्देहीको बेथरीमा झडप, ४ वर्षे बालकसहित चार जनाको मृत्यु
 
२९ भदौ, रुपन्देही । रुपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षे बालकसहित चार जनाको मृत्यु भएको छ ।

गाडीहरू स्कर्टिङ गरेर लिम्बिनीतर्फ लैजाने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । स्थानीय प्रशासनले ८ बजेदेखि कर्फ्यू लगाएका छन् ।

झडपमा प्रहरीले चलाएको गोली लागेर गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ । लुम्बिनी अञ्चलका प्रहरी प्रमुख गणेश केसीका अनुसार गोली लागेर स्थानीय ४ वर्षे बालक चन्दन कुमार पटेलको पनि मृत्यु भएको छ ।
स्थानीयबासीले प्रहरीले बेथरीको पुलमाथिबाट गोली प्रहार गरेको र बजार भर्न आएकाको मृत्यु भएको बताएका छन् । रञ्जना भने घरमै बसिरहेको स्थानीयको दाबी छ ।

प्रहरीले स्कर्टिङ गरेर लैजान लागेको गाडीहरूलार्इ आन्दोलनकारीले भैरहवा लुम्बिनी सडकखण्डको बेथरीमा रोकेर राखेका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply