Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » स्कुलमा प्राक्टिकल यौन कक्षाः ऐनामा आफ्नै यौनांग हेर्नुपर्ने -
«
Next
Newer Post
»
Previous
Older Post

के तपाइँलाई थाहा छ ? औषत महिलालाई सहवासमा चरमआनन्द प्राप्त गर्न कति समय लाग्छ ? पुरुषको यौनांग सहवासका बेला कति समयसम्म कडा रहिरहन सक्छ ? यदि यो कुरा थाहा छैन भने तपाइँ माध्यामिक तह उत्तीर्ण हुन सक्नुहुनेछैन ।
माध्यामिक तहका विद्यार्थीका लागि कक्षामै प्रयोगात्मक यौन शिक्षा प्रदान गर्नुपर्ने कुराको वकालत गर्ने यौन विज्ञ तथा पूर्व मिस बेल्जियम गोडेली लाइकेन्सले स्वास्थ्य शिक्षाको विषयमा रहेका पूराना पाठ्यक्रम तथा शिक्षण शैली अहिलेका किशेार किशोरीहरुका लागि आउटडेटेड भैसकेको भन्दै नयाँ माध्यामिक तह अर्थात् जिसिएसइमा सेक्सलाई समेत समावेश गर्नुपर्ने भन्दै त्यसको पाठ्यक्रम नै प्रस्ताव गरेकी छिन् ।

हाल यौनस्वास्थ्य सम्बन्धी राष्ट्रसंघकी सद्भावना दूत रहेकी लाइकेन्सलाई आफ्नो प्रस्तावित सेक्स पाठ्यक्रमको परीक्षणका लागि बेलायतको होलिन्स टेक्नोलोजी कलेजमा निम्त्याइएको थियो र च्यानल फोर टेलिभिजनले आफ्नो चर्चित श्रृंखला सेक्स इन क्लासमा यस विषयमा डकुमेन्ट्री तयार गरेको छ ।
उक्त शो का क्रममा उनले एकजना १६ वर्षकी छात्रालाई ऐना दिएर घर पठाइन् र आफ्नो यौनांग राम्रोसँग हेरेर आउन भनिन् । त्यस्तै विद्यार्थीहरुलाई आफ्नो यौनिक मज्जा तथा कल्पनाका विषयमा लेख्न लगाइयो अनि कतिपय छात्रहरुलाई आफ्ना यौनांगका रौँ खौरिन लगाइयो ।
परम्परागत यौन तथा प्रजनन स्वास्थ्य शिक्षा भन्दा निकै फरक, तथा अनौठो र असहज लागेपनि आफुले प्रस्तावित गरेको यो यौनशिक्षाबाट किशोरीहरु गर्भवती हुने दर कम हुने, आपसी सम्बन्धमा सम्मान वृद्धि हुने तथा किशोरकिशोरीमा पोर्न सामाग्रीको नकारात्मक असर कम हुने बताइन् ।
आइटिभीको टेलिभिजन शो दिस मर्निङमा कुराकानी गर्दै दुइ सन्तानकी आमा लाइकेन्सले भनिन्, ‘पर्याप्त यौन शिक्षा तथा बढि खुल्ला यौन शिक्षा पाउने मानिसको सेक्स पार्टनर कम हुने तथा सानै उमेरमा यौनकार्य थाल्ने दर पनि कम हुने कुरा विभिन्न अध्ययनले देखाएका छन् ।’ त्यसैले असल यौन शिक्षा सानै उमेरबाट प्रदान गर्नुपर्ने र यो सिकाइको प्रक्रिया प्रौढावस्थासम्मै चल्ने उनको भनाइ छ ।
किशोरी छात्राहरुलाई कक्षामै ऐना दिएर आफ्नो यौनांग मज्जाले हेरेर आउनु भनेर अह्राउनुको कारण प्रष्ट पार्दै उनी भन्छिन्, ‘उनीहरुले आफ्नो जिउको बारेमा जान्नु आवश्यक हुन्छ र आफ्नो जिउप्रति सकारात्मक धारणा राख्नुपर्छ । यसले आत्मबल तथा आत्मविश्वास बढाउँछ ।’ – एजेन्सीको सहयोगमा

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply