केही समय पहिले इन्टरनेटमा महिलाहरुले जिउका रौँ देखाउने अभियान नै चलाएका थिए । प्राकृतिक भुत्लायुक्त जिउमाथि गौरव गर्दै नेटिजन्स महिलाहरुले थालेको त्यो अभियान अद्यापि कायमै छ । धेरैले लाजले लुकाउने गरेका आफ्नो जिउका कुराहरु देखाउने अर्को अभियान सुरु भएको छ अहिले । इन्टरनेटमा अहिले युवतीहरुबीच आफ्नो तिघ्राका दाग, धर्सा तथा धब्बाहरु देखाउने होडबाजी चलेको छ । एकपछि अर्को गर्दै युवतीहरुले सोसल साइटहरुमा आफ्नो नांगो तिघ्राका क्लोजअप तस्वीर खिचेर अपलोड गरिरहेका छन् ।

आफ्नो वास्तविक नाम नखुलाएकी ती युवतीले म्यासेबल अनलाइनसँगको कुराकानीमा आफुले आफैलाई मन दह्रो बनाउन र हिम्मत जुटाउनका लागि दाग सहितको आफ्नो तिघ्राको तस्वीर उक्त ह्यासट्यागमा पोष्ट गरेको र त्यसलाई धेरै महिलाले रुचाएर ह्यासट्यागमा तस्वीरहरुको बाढि नै आएको बताउँछिन् ।

No comments