Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » धर्मगुरु भन्छन्- हस्तमैथुन गर्नेको हात नै गर्भवती !
«
Next
Newer Post
»
Previous
Older Post

टेलिभिजनमा धार्मिक प्रवचन दिने टर्कीका एक मुस्लिम धर्मगुरुले अहिले सामाजिक संजालमा तहल्का मच्चाइरहेका छन् । हस्तमैथुनका सम्बन्धमा दिएको अनौठो तथा हावादारी प्रवचनका कारण उनी चर्चा र विवादमा तानिएका हुन् । ती धर्मगुरुले टेलिभिजन प्रवचनकै क्रममा हस्तमैथुन गर्ने पुरुषको हातमै अर्को जन्ममा गर्भ रहने र अधिकारको लागि इश्वरसँग याचना गर्नुपर्ने बताएका थिए ।

टि्वटरमा समेत सक्रिय रहेका र आफ्नै युट्युब च्यानल समेत रहेका इस्तानबुल निवासी मुकाहिद सिहाद हानले ‘२००० टिभी’ मा गएको मे २४ मा दिएको प्रवचनका क्रममा यस्तो बताएका हुन् । एकजना दर्शकले सोधेको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो हावादारी कुरा गरेका थिए ।
ती दर्शकले आफु विवाहित रहेको तरपनि हस्तमैथुन जारी राखेको भन्दै पवित्र तिर्थाटन उमराहको समयमा पनि आफुले हस्तमैथुन गर्न नछाडेको जानकारी गराउँदै यसले आफुलाई के असर पार्ला भनेर धर्मगुरु सँग जिज्ञासा राखेका थिए ।
त्यसको जवाफ दिने क्रममा सुरुमा मुकाहिद अलमलमा परे अनि अनौठो जवाफ दिन थाले । उनले भने, ‘जो मानिसले आफ्नो हातले यौनसम्पर्क गर्छ, उसले अर्को जन्ममा आफ्नो हात नै गर्भवती भएको पाउनेछ र आफ्नो अधिकारको लागि इश्वरसँग गुनासो गर्नेछ । मैले जे भनिरहेको छु त्यो कुरा पैगम्बर मोहम्मदले पनि भन्नुभएको थियो ।’
मुस्लिम धर्मले हस्तमैथुनलाई सख्त रुपमा प्रतिबन्धित गरेको र हस्तमैथुन गर्ने काम इस्लाम धर्ममा हराम रहेको बताए । उनले अविवाहित रहेका टेलिभिजन दर्शकहरुलाई विवाह गर्न सल्लाह दिँदै उत्तेजना नियन्त्रण गर्न सुझाव दिए ।
उनले टेलिभिजन कार्यक्रमपछि आफ्नो टि्वटरमा हस्तमैथुनका विषयमा बारम्बार टि्वट गर्ने उनले हस्तमैथुनलाई हराम भनेका छन् । तर सोसल मिडियामा धेरैले ती धर्मगुरुको चर्को आलोचना गरेका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply