Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यी हुन् मानव गुडिया, युवकसँग डेटिङमा जाँदा आमालाई पनि लैजानुपर्ने
«
Next
Newer Post
»
Previous
Older Post

रुसको मस्कोमा एकजना यस्ती युवतीको अहिले चर्चा छ जसलाई उनका अभिभावकहरुले गुडिया जस्तै गरी पालिरहेका छन् । २६ वर्षकी एन्जेलिका केनोभाले कुन कपडा लगाउने भन्ने कुरा पनि उनका बाबु आमाले छनोट गर्छन् र उनलाई आफ्नो ब्वायफ्रेण्ड बनाउने छुट पनि छैन ।

गुडियाजस्तै गरी पालिएकी एन्जेलिकालाई ह्युमन बार्बी भन्न थालिएको छ र उनको इन्टरनेटमा निकै चर्चा हुन थालेको छ । यी गुडिया युवतीलाई एक्लै घरबाट निस्किन समेत छुट छैन ।

जिउडाल पनि गुडियाजस्तै रहेकी यी ३८ किलोकी युवतीले आफुले कस्मेटिक सर्जरी गराएको नभै प्राकृतिक रुपमै आफ्नो जिउडाल यस्तो रहेको दाबी गर्छिन् । यी युवतीको फिगरलाई दुरुस्त राख्नका लागि घरमै एकजना निजि ट्रेनर राखिदिएका छन् उनका बाउआमाले ।

बच्चादेखि नै उनलाई गुडियाजस्तै गरी स्यायार सुसारका साथ पालिएको छ । अहिले ती युवतीले मोडलिङलाई आफ्नो पेशा बनाएकी छिन् । तरपनि आफ्ना बाबु आमाको नियन्त्रण र निर्देशन बमोजिम मात्र उनले मोडलिङ गर्छिन् । कुनै युवकसँग डेटिङ जाने मन लाग्यो भने पनि उनलाई एक्लै जाने छुट छैन । छोरी डेटिङ जाँदा उनकी आमा नतालियालाई पनि सँगै लैजानु पर्छ ।

‘म हुर्किरहेकी छु र मेरा बुवाआमाले राजकुमारी जस्तै गरी मलाई हुर्काउनुभएको छ र मलाई एक्लै बाहिर जान, कुनै युवकसँग डेटिङ गर्न र कुनै वयस्क अनुभवहरु लिन छुट दिनुभएको छैन’, उनी भन्छिन्, ‘फलस्वरुप म वास्तविक जिवनका लागि योग्य भइन, म ज्युँदो खेलौना जस्तो भएकी छु ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply