झुसिलकिरा, नाम सुन्ने बितित्कै कतिको सातो उड्छ होला भने कतिको त जिऊ चिलाउन थाल्छ । हो त्यही झुसिलकिराले आफ्नो वरपर रहेको सबै चिज आफ्नो जालोले ढाकेको पाउनुभयो भने के गर्नुहोला तपाई ?
यहि झुसिलकिराले लण्डनमा यस्तै उपद्रो मच्चाएको छ । झुसिलकिराले लण्डनको एक भित्रि शहरी क्षेत्र जहाँ मानिसको त्यति बाक्लो उपस्थिति हुँदैन त्यहाँको पुरै वातावरण नै आफ्नो जालोले ठाकिदिएको छ । रूख होस् या कार होस् सबै झुसिलकिराको जालोले ठाकिएको छ ।
सुन्दा आश्चर्य लाग्न सक्छ कसरी यस्तो गर्न सक्छ यो जाबो सानो झुसिल किराले तर होइन तीन हप्ताको बीचमा उक्त स्थानमा झुसिलकिराले पुरै रंगनै परिवर्तन गरिदिएको छ । हरेक चीजका रंग परिवर्तन भएका छन्, झुसिलकिराको जालोको रंगमा अर्थात् कुनै पनि चीज बाँकी नराखी झुसिलकिराले पुरै जालोले छोपिदिएको छ ।
तपाईले रूख हेर्नुभयो त्यो सेतो जालोले छेकिएको छ त्यहाँ न कुनै पात देखीन्छ न रूखका कुनै सामान्य हाँगाबिँगा सबै ठाकिएको छ जालोले । यस्तै, कार पनि यसरी नै ठाकिएको छ र पाङग्रामा झुसिलकिराको घर बनेको छ । सयौ झुसिलकिरा एकै ठाऊँमा पोको परेर हुर्किरहेका छन् । यस्तै, रूखमा समेत यसरी नै झुसिलकिराले आफ्नो घर बनाएको छ र सयौ झुसिलकिरा हुर्किरहेका छन् ।



No comments