Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » अनुमतिविनै हजारको संख्यामा आएको भारतीय टोलीद्धारा ललितपुरको सुनाकोठी ‘कब्जा’ -
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, २६ वैशाख । भुकम्प प्रभावितलाई राहत र उद्धार गर्ने भन्दै भारतको हरियाणाबाट आएको भारतीय धार्मिक संस्था राम–रहिमको टोली स्थानीय प्रशासनको अनुमतिबिनै ललितपुरको सुनाकोठीमा बसेको छ।
 करिब एक हजार संख्यामा रहेका उनीहरूलाई स्थानीय प्रशासनले त्यहाँ नबस्न भने पनि उनीहरू पाल टाँगेर बसेका हुन्। प्रारम्भमा राहत वितरण भनिए पनि अस्पतालको सुविधासहितको बस, आयुर्वेदिक अस्पतालसहित उनीहरू आएका छन्। नशामुक्ति अभियान चलाउने राम–रहिम ठूलो सञ्जाल भएको भारतीय धार्मिक संस्था मानिन्छ।
एक स्थानीयका अनुसार उनीहरू एकै प्रकारको पोशाकमा छन्। ट्र्याकसुटमा रहेका उनीहरू मार्चपास गर्दै स्थानीयलाई ‘बाबाको शरणमा आऊ सब ठिक हुन्छ’ भन्दै राहत बाँड्न खोजिरहेका छन्। हरियाणाबाट नुवाकोट पुगेर ललितपुर आइपुगेको सो टोलीले प्रारम्भमा राहत वितरण गर्ने भनिए पनि अन्य गतिविधी संचालन गरेपछि स्थानीय प्रशासनले बिहीबार उनीहरुलाई ललितपुरमा नबस्न भनेको थियो।
भुकम्पबाट ललितपुरमा जनधनको क्षती गराए पनि ५ सय संख्यामा रहेका राहतकर्मीको आवश्यकता नभएको, राहत भन्दै अस्पताल लगायतका ठुलो परिमाणका सामाग्री र संख्या बोकेर आएको र उनीहरुको गतिविधीले स्थानीयवासीमा त्रास बढाएको भन्दै स्थानीय प्रशासनले उनीहरुलाई सुनाकोठीमा बस्ने अनुमती दिएका थिएनन्।
स्थानीय प्रशासनको अनुमती नभए पनि उनीहरु जर्वजस्ती टेन्ट टाँगेर बसेका छन् भने स्थानीय प्रशासनको अनुमतीनै नलिई आफुखुसी विभिन्न गतिविधी चलाइरहेका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले राहत बाड्ने भन्दै आएको समुहको संख्या ठुलो देखिएपछि उनीहरुलाई सुनाकोठीमा नबस्नु भने पनि शुक्रवार आफुखुसी त्यही बसेको सूचना आएको जानकारी दिए।
सुनाकोठीमा त्यत्रो संख्यामा राहतकर्मी आवश्यक नभएको र उनीहरुको गतिविधीले स्थानीयमा राहत भन्दा बढी त्रास बढाएको सूचना आएको जानकारी दिँदै उनले सो समुहले ल्याएको सामाग्रि बाड्न रोकेर उनीहरुले गाडेको पाल हटाएको बताए।
उनीहरुलाई त्यहाँबाट जाउँ भनेका छौं उनले भने भनेको मानेनन् भने प्रशासन कारवाहीमा उत्रिन्छ। गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले एक समुह ललितपुरमा आएर बसेको जानकारी आएको जानकारीदिँदै राहत र उद्धारको नाममाअन्य गतिविधी गरे कारवाही गरिने बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply