Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » अमेरिकी हेलिकोप्टर दोलखाबाट आकाशमै बेपत्ता
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं : मंगलबार दिउँसो गएको शक्तिशाली भूकम्पपछि घाइते भएकाहरुलार्इ लिन दोलखा गएको अमेरिकी ओस्प्रे हेलिकोप्टर बेप्त्ता भएको छ ।
भूकम्पपीडितलार्इ लिन दुर्इ अमेरिकी र एक नेपालीसहित काठमाडौंबाट उडेको हेलिकोप्टर दोलखाको सुनखानी क्षेत्रको आकाशबाट बेपत्ता भएको त्रिभुवन विमानस्थल श्रोतले जानकारी दिएको छ ।

मंगलबारको भूकम्पले ३३ जना बढीको ज्यान लिएको दोलखामा घाइतेहरुलार्इ लिन गएको यूएनएच-१-हुवे जहाज मंगलबार दिउँसोबाटै बेपत्ता भएको हो ।

मध्यान्हको भूकम्पपछि बढी क्षति भएको  सुनखानी पुगेको यूएनएच-१-हुवे हेलिकप्टर दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा कम्तिमा एक नेपाली र दुई अमेरिकी नागरिक रहेको उच्च स्रोतले जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले हेलिकोप्टर हराएको पुष्टि नगरेपनि सम्पर्कमा भने नआएको जानकारी दिए । उनले भूकम्पपीडितलार्इ लिन दोलखा गएको हेलिकोप्टर त्रिभुवन विमानस्थलमा फर्केर नआएको पुष्टि गरे ।

हराएको अमेरिकी जहाज खोजी गर्न गएको नेपाली सेनाको हेलिकोप्टर त्यतिकै त्रिभुवन विमानस्थलमा फर्केको छ । गृहमन्त्रालयका एक उच्च अधिकारीले पनि दिउँसो ३ बजे १५ मिनेटदेखि हेलिकोप्टर सम्पर्कबाहिर रहेको जानकारी दिएका छन् । 

अमेरिकी सेनाको युएस प्यासिफिक कमाण्डका प्रवक्ता डेभिड इस्टब्राउनले हेलिकोप्टर हराएको पुष्टि गरेका छन् । उनले दोलखाको चरिकोट नजिकैबाट हेलिकोप्टर हराएको जनाउँदै हेलिकोप्टरको पछिल्लो अवस्थाबारे केही खुल्न नसकेको जानकारी दिए ।  

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply