झापा, वैशाख २३ । बंगलादेश सरकारले नेपालका भूकम्पपीडितहरुका लागि १० हजार मेट्रिकटन चामल उपलब्ध गराउने भएको छ ।
करिब ४ सय ट्रकमा लोड गरी पठाइएको मध्ये पहिलो चरणअन्तर्गत १२ ट्रक चामल बुधबार झापाको काँकडभिट्टा भन्सार परिसरमा बंगलादेशी दूतावासका नेपाल संयोजक कामरुलले सहायक प्रमुख जिल्ला अधिकारी रेवती पोखरेललाई हस्तान्तरण गरे ।
बुधबार साँझसम्म एक सय ट्रक चामल काँकडभिट्टा आउने तथा बाँकी विहीबार र शुक्रबारसम्ममा नेपाल आइसक्ने कामरुलले जानकारी दिए । राहत सामग्री करिब ३० करोड ‘टाका’ बराबरको रहेको पनि कामरुलले बताए ।
प्राप्त भएको चामल विर्तामोडस्थित नेपाल खाद्य संस्थानको गोदाममा संकलन गरी भूकम्प प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ ।
Tagged with: earthquake
About Unknown
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
No comments