Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » हामि जनताको लागि हौँ भन्दै चिच्याउनेहरू काहाँ छन् पत्तो छैन ,
«
Next
Newer Post
»
Previous
Older Post

सचेत र होसियार हौँ ---- !

-- देशको प्रधानमन्त्रिले महा-भूकम्पको खबर " मोदी " को TWEET हेरेर थाहा पाउछन ,
संकटकाल लागेको रास्ट्रपति लाई थाहै हुन्न ,
गृहमन्त्री भन्छन ५ दिन बितिसक्दा पनि चाउचाउ खोज्दै छु , भेटे पछी बाँड्छु ,
हामि जनताको लागि हौँ भन्दै चिच्याउनेहरू काहाँ छन् पत्तो छैन ,
सुस्त मनस्थितिको सरकार छ --!
आ-आफ्नो ठाउँ बाट सबै सचेत र --
होसियार बनौं ---- !!
महाभूकम्पको राहतको लागि , अपांगहरुले दान पेटिकामा घिसृदै "डलर " हालेका छन् ,
बच्च्चाहरुले दैनिक दुध पिउने खर्च जोगायर "यान " जम्मा गरेका छन् ,
यो रकम ६०१ को तलब भत्तामा ,पिज्जा ,बर्गर र मोज-मस्तीमा खर्चिएलान् ।
सचेत र होसियार हौँ ----!
डलरको बोरामा हात घुसार्न dear र near लाइ टोलि नेता बनाउलान .
बिलो लाग्ने देश न हो यो--
सबैलाई भाग पुर्याउन सम्भव छैन ,
केही ले चित्त दुखाखाउलान र -
प्लेकार्ड बोक्लान् , सडक बन्द गर्लान ,
विरोधमा उत्रिएलान् भूकम्प पिडित मर्लान ।
सचेत र होसियार हौँ ---!
उद्दार पछि पुन-निर्माणको कुरो आउला-
बोल,
कबोल ,
टेन्डर,
भाग ,
गुणाको कुरो --.
ठेकेदारले एकपन्द्रको मसला बनाउलान ,
एकसरो ईंटाको पर्खाल लाउलान ,
सानै विपतमा नि पुन-संरचाना गिर्ला
सचेत र होसियार हौँ ---!
प्रकृतिको बिपति आयो ,असिम पिडा दिएर गयो रोक्न सकिन्न ,
-तर अब यो विपति पछिको भयाबह स्थिति आउन सक्छ ,
एसलाइ रोक्न सक्ने जिम्मा तपाईं हाम्रो हातमा छ ,
सचेत र होसियार हौँ ---!
धेरैले आफन्त गुमायौं , अब सोकलाइ सक्तिमा बदलौं ,
जो अपांग बनेकाछन सपाङ्ग लाइ जस्तै सम्मान गरौँ ,
जीवित छौं नयाँ जीवन पाएकोमा गर्व गरौँ , - र
मानव हितको लागि जुटौं !
जात , धर्म र राजनीतिक पार्टीको नाममा विभाजित बनाउलान ,
सचेत र होसियार हौँ ....!
रास्ट्रको यो बिपतिमा राष्टीय एकता कायम गरौ ,
हामी नेपालीहरु फुट्न मात्र होइन ,
परेकोबेला जुट्न पनि जानेका छौं भन्ने संदेश फिंजाउं !! NP खबर . com बाट साभार 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply