काठमाण्डु, ८ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफू प्रधानमन्त्री भएको मात्र होइन त्यसभन्दा अरु कुरा पनि भनेका थिए । त्यो हो, ‘म जनताका लागि प्रधानमन्त्री बनेको हुँ, मेरा कामहरु जनसेवा र जनहितका लागि हुनेछ ।’ उनको यस भनाइलाई धेरैले पत्याएनन् पनि । उनीभन्दा पहिले प्रधानमन्त्री भएका नेता हुन् या राजनीतिमा लामो समय काम गरेका नेता सबैले यस्तै भाषण गर्दै आएका थिए तर काम भने शुन्य । ओली भने उनीभन्दा फरक निस्किए र आफूले बालेका कुराहरु गरेर देखाए पनि ।
काम नम्बर- १
त्यसो त यहाँ ओली सरकारमा आएदेखि के गरे या के गरेनन् भन्ने विषयभन्दा पनि अफगानिस्तानमा नेपाली मारिएको विषयलाई लिएर विश्लेषण गर्न खोजिएको हो । ओलीले आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव लिन विमान चार्टर गरेर अफगानिस्तान पुर्याउनुले विश्वसामू नेपालको शान त बढेको छ नै त्यसले ओलीप्रति जनताको विश्वास समेत बढाएको छ ।
यसअघि विदेशी भूमिमा नेपाली नमरेका होइनन् तर कुनै पनि सरकार सरकारकै लाखौँ रकम खर्च गरेर अथवा विमान नै चार्टर गरेर शव लिन पठाउने गरेका थिएनन् । जुन ओलीले गरेर देखाए अर्थात एउटा परम्परा बसाले । जुन आफैमा प्रसंशनिय छ ।
काम नम्बर- २
ओलीले गरेको अर्को काम पनि सोही घटनासँग सम्बन्धित छ । ओली सरकारले नेपाली लिन विमान पठाउने मात्र होइन विमानस्थलमा प्रधानमन्त्री र गृहमन्त्री शक्तिबहादुर बस्नेत नै गएर मृतकका आफन्तलाई समवेदना दिने, शवमा माल्यार्णपण गर्ने काम गर्यो ।
यसरी सरकार प्रमुख र गृह प्रमुख नै विमानस्थलमा गएर मृतकका आफन्तको दुःखद् घडीमा सहभागी हुँदा उनीहरुको पीडा केही हदसम्म भएपनि कम हुनसक्छ । त्यतिमात्र नभएर यसलाई परम्पराको रुपमा स्थापित गर्दै आगामी दिनमा पनि नेपालीको दुःखद् घडीमा सरकारको उपस्थिति हुन सक्ने देखिन्छ ।
यसअघि भीआइपी वा पहुँचवालाको मृत्युमा मात्र सरकार सक्रिए हुने, त्यसलाई प्राथमिकता दिने भन्ने लागेको आरोपलाई समेत ओलीको यस कदमले अब त्यस्तो हुँदेन है भन्ने संकेत गरेको छ ।
No comments