Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » फिल्ममा गाई मरेको देखेर कृषिमन्त्री क्वाँ-क्वाँ रोए (भिडियोसहित)
«
Next
Newer Post
»
Previous
Older Post

कृषि मन्त्री हरिबोल गजुरेल  डब्बु क्षेत्रीद्वारा निर्देशित फिल्म राहदानी हेरेर निस्केपछि बच्चाजसरी रोएका छन् । उनले क्यामराकै अगाडि डाँको छोडेका हुन् ।
वैदेशिक रोजगारीको विषयमा बनेको फिल्म हेर्न मन्त्री आफ्नो दलबलसहित बिहीबार बेलुकी सिटी सेन्टर पुगेका थिए । फिल्ममा भावुक सिन आउँदा हलभित्रै मन्त्रीले आँशु झार्न थालेको निर्देशक क्षेत्रीले बताए ।
‘फिल्मको कथामा एक गरिब परिबारको गाई मरेको दृष्यपछि मन्त्रीज्यू भावविव्हल हुनुभएको थियो,’ क्षेत्रीले अनलाइखबरसँग भने, ‘त्यसपछि लगातार उहाँको आँखामा आँशु छचल्किइरहेको मैले देखेँ ।’
फिल्म सकिएर बाहिर निस्कदा मन्त्री गजुरेल निकै भावुक मुद्रामा थिए । उनलाई सञ्चारकर्मीले रोकेर फिल्मको विषयमा प्रतिक्रिया मागे । तर मन्त्रीले धेरै बोल्न सकेनन् ।
‘यो चलचित्र सत्यमा आधारित छ । मैले कतार दुवईमा जाँदा जे देखेँ त्यसलाई यहाँ कलाकारले पर्दामा प्रस्तुत गर्नुभएको छ । यो सटिक यथार्थपरक छ । मलाई लाग्छ, यो विदेशीएका युवाहरुको…’ यति भन्नासाथ मन्त्रीले मुख बिगारे अनि क्वाँक्वाँ गरे । त्यसपछि आफ्नै हातले अनुहार छोपेर झण्डै घुुँक्क घुँक्क गर्दै झण्डै आधा मिनेट रोए । अनुहारबाट हात हटाएर पनि रोइरहेपछि निर्देशक क्षेत्रीले उनलाई त्यहाँबाट निकालेका थिए ।

भिडिओ :

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply