हर्दौना–८ मुजनास्थित आँपको बगैंचामा आँपको सुकेको पात लिन आएको अवस्थामा भारत सिद्धार्थनगरकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय अब्दुल लतिपलाई शनिबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
तत्काल फरार अब्दुललाई खोजी गर्नेक्रममा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय महाराजगंजबाट थप मद्दतको लागि सिमा प्रहरी चौकी हर्दौनामा खटी गएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।



No comments