Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » कांग्रेस महामन्त्रीमा शशांक कोइराला निर्वाचित
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, २५ फागुन,  । बीपी पुत्र शशांक कोइराला नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीलाई ४ सय मतले पराजित गरे । गगन थापा तेस्रो स्थानमा रहे ।
कांग्रेसको १३औं महाधिवेशन अन्तरगत आइतबार भएको निर्वाचनको मतगणना मंगलबार भएको थियो । जसमा बीपी पुत्र शशांक १ हजार ४१७ मत ल्याएर विजयी भएका छन् ।

उनी रामचन्द्र पौडेल प्यानलका उम्मेदवार हुन् । सभापतिमा पौडेल शेरबहादुर देउवासँग पराजित भएपनि महामन्त्रीमा शशांकले देउवा प्यानलका अर्जुननरसिंह केसीलाई हराएका छन् ।

दोस्रो स्थानमा रहेको देउवा प्यानलका केसीले १ हजार १७ मत पाएका छन् । कृष्ण सिटौला प्यानलबाट उम्मेदवार बनेका गगन थापाले ५८४ मत पाएका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply