काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा सितादेवी यादव निर्वाचित भएकी छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कोषाध्यक्ष पदको मंगलबार सम्पन्न मतगणनामा सितादेवीले चित्रलेखा यादवलार्इ ८ मतले पछि पार्दै निर्वाचित भएकी हुन् ।
सितादेवी रामचन्द्र पौडेल प्यानलबाट र चित्रलेखा शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका थिए । सितादेवीले १ हजार २ सय १७ र चित्रलेखाले १ हजार २ सय ९ मत पाएका छन् ।
कृष्ण सिटौला प्यानलका उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत पाएका छन् ।



No comments