Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजलाई प्रधानमन्त्रीले बेवास्ता गरेकोमा क्याप्टेन विजय लामाको कडा प्रतिक्रिया
«
Next
Newer Post
»
Previous
Older Post

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको ठूला जहाजलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोली लिएर कानुनी प्रक्रिया नै पुरा गरिनसकेको हिमालय एयरको जहाजमा उडेपछि क्याप्टेन विजय लामाले कडा प्रतिक्रिया दिएका छन् । 

सरकारको ध्वजावहाक नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलोट लामाले राष्ट्रिय ध्वाजवाहकलाई कदर नगरेको भन्दै प्रधानमन्त्री निजी एयरलाइन्सको जहाजमा चीन गएको प्रति तीब्र रोष प्रकट गरेका हुन् ।

'के बस्नु यस्तो देशमा, जुन देशमा नेताहरुले रास्ट्रिय ध्वजाको कदर गर्न जान्दैनन', उनले फेसबुक पेजमा लेखेका छन्, 'धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केहि गर्न नसक्दा ।'

आइतबार हिमालय एयरको उडानका लागि सबै प्रक्रिया पूरा गर्न बाँकी जहाजबाट प्रम चीन उडेपछि उनले आफ्नो कर्मलाई समेत धिक्कारेका छन् । 

उनले प्रमसहितको टोली ध्वजावहाकलाई बेवास्ता गर्दै चीन उड्दा आफूले ठूलो पीडा महुसुस गर्नुपरेको आफ्नो फेसबुक पेजमा लेखेका छन् । 
 'कहिलेसम्म हेर्नुपर्छ यस्ता कुराहरु? कहिलेसम्म सहनुपर्छ हामीले यी सबै पीडाहरु ?', उनले प्रश्न गरेका छन्, 'राष्ट्र र नेपालीलाई माया गर्ने नेताहरु कहिले आउलान्? नेताहरुले ज गरेपनि ठीक त ?'

नेताहरुले गरेको मनपरी आफू र जनताले टुलुटुलु हेर्ने बाहेक अर्को विकल्प नभएको भन्दै लामाले अब कसैलाई केही भन्न बाँकी नरहेको दुखेको गरेका छन् ।

'भन्नु केही छैन अब न कि कसैलाई दोष नै दिनु', उनले भावुक बन्दै लेखेका छन्, 'हामी त सिर्फ ट्वाल्ल परेर हेर्ने मात्रै हो । हैन र साथीहरु ?'


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply