Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » आइएसको अखडाबाट महिलाहरुसँग गरिने योन हिंसा, यौन दासीहरुलाई गर्भवती हुन नदिन यसो गरिन्छ !
«
Next
Newer Post
»
Previous
Older Post

विश्वकै खतरनाक आतङ्ककारी संगठन आइएसआइएसले महिलाहरुलाई यौन दासीको रुपमा प्रयोग गर्छ भन्ने कुरा सबैलाई थाहा नै भए पनि यसबारे अर्को एउटा गम्भीर खुलासा भएको छ, जुन कुरा सुन्दा प्रायको आङ जिरिङ्ग हुन्छ ।

चर्चित अंग्रेजी पत्रिका न्यूयोर्क टाइम्सले आइएसको कब्जाबाट मुक्त भएका ३६ भन्दा बढी यादिजी महिलाहरुसँग गरेको कुराकानीपछि यस्तो खुलासा गरेको हो ।
आइएसको कब्जामा रहेका यौनदासीहरु
खबरअनुसार आइएसले यौन दासीहरु गर्भवती नहुन् भनेर निकै नै खतरनाक उपायहरुसमेत अपनाउने गरेका छन् । जसको प्रभाव महिलाहरुमा निकै भयानक पनि हुनसक्छ । यस्ता उपायमा कन्ट्रासेप्टिभ पिल्स दिनेदेखि इञ्जेक्टेवल कन्ट्रासेप्सनसमेत सामेल छन् ।

पीडित एक महिलाकाअनुसार बन्दक बनाउने आतङ्ककारी उनलाई बलात्कार गर्नुअघि तिघ्रामा इञ्जेक्सन दिने गर्दथ्यो । अर्की एक महिलाको त जबर्जस्ती असुरक्षित गर्भपतन गराईयो ता कि उनलाई अर्को मालिकलाई बेच्न सकियोस् । यदि बच्चा हुने भएको भए उनी केही समयकालागि सेक्स गुलाम बन्ने थिइनन्, त्यसैले जबर्जस्ती गर्भपतन गराईएको थियो ।

अर्की एक महिलाले न्यूयोर्क टाइम्ससँग भनिन्, ‘आइएसहरु महिलालाई बर्बर तरिकाले बलात्कार गर्नुलाई पनि गलत मान्दैनन् ।’ आइएसको अखडामा महिलाहरुलाई सेक्स मेशिनकोरुपमा प्रयोग गरिन्छ ।

एक १६ वर्षीय युवतीकाअनुसार उनलाई १२ महिनासम्म यौन दासी बनाइयो । बलात्कारअघि हरेक पटक गर्भनिरोधक औषधि खुवाइन्थ्यो । जब उसले रहर पुगेपछि अर्कोलाई बेच्यो नयाँ मालिकले पनि त्यसैगरी औषधि खुवाएर बलात्कार गर्न जारी राख्यो ।

हालसम्म करिब ७ सय याजिदी महिला आइएसको अखडाबाट भाग्न सफल भएका छन् । अझै हजारौं सो दलदलमा फसिरहेका छन् । यौन दासीकारुपमा प्रयोग गरिएका अधिकांश महिला याजदी समुदायका हुन् ।

स्मरण रहोस्, सन २०१४ मा इराकको सिंजार प्रान्तमा हमला गरी आइएसले ५ हजार महिलालाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ३ हजारभन्दा बढी अझै पनि आइएसको कब्जामा छन् ।

उनीहरुले यौन गुलामको रुपमा बिक्री गर्ने गरिन्छ । खरिद गर्नेले रहर पुगुञ्जेल बलात्कार गर्छ र त्यसपछि अर्कोलाई बेच्छ । -एजेन्सी

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply