Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भूकम्प जाने सूचना मोबाइलबाट यसरी थाहा पाउनुस
«
Next
पूर्वराष्ट्रपतिको घरभाडामा किचलो, घर खाली गराउने घरधनीको चेतावनी
»
Previous
सेक्समा किर्तिमान राख्न कसले कति दिनमा कति जना संग सेक्स गरे

एजेन्सी: अमेरिकास्थित क्यालिफोर्नियाका वैज्ञानिकहरुले एक यस्तो मोबाइल एप बनाएका छन् जसले भूकम्पमाथि नजर राख्न अब सजिलो भएको छ ।
‘माईशेक’ नामको यो एपबाट तपाईं आउनेवाला भूकम्पबाट सावधान त रहन सक्नुहुन्छ नै यो एपले धनमाल र ज्यानमा क्षति हुनबाट रोक्न पनि मद्दत गर्न सक्छ ।
यो स्मार्टफोनको मोशन सेन्सरको मद्दतबाट धर्तीको तल भइरहने कुनै पनि हलचललाई पत्ता लगाउन सक्छ । फोन तपाईंको ब्याग या गोजीमा हुँदा पनि यसले सजिलै जुनसुकै समयमा काम गर्न सक्छ ।
यस प्रोजेक्टलाई चलाइरहेका प्रोफेसर रिचर्ड एलेनले बीबीसीलाई बताए अनुसार एप बनाउनेले हजारौं फोन प्रयोगकर्ताको मद्दतमा एक डाटा नेट्वर्क खडा गर्न चाहन्छन्, जसले आउनेवाला भूकम्पबाट सावधान रहन चेतावनी पनि दिन सक्नेछ । यस एपलाई  ‘माईशेक डट बर्कले डट ईडीयु’ वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

‘यो एप तपाईंको फोनकके ब्याकग्राउन्डमा चुपाचाप काम गरिरहन्छ। जब कुनै भूकम्प आउँछ, यसले त्यो सूचना दिन्छ ।यो सूचना हाम्रो सर्भरलाई पठाउनेछ’, एलनले भने, ‘सर्भरबाट हामी भन्न सक्छौं कतै भूकम्प आइरहेको छ। त्यतिमात्र होइन कति शक्तिशाली भूकम्प आयो भन्ने पनि पत्ता लाग्छ ।’
उनले अगाडि भने, ‘भविष्यमा हामी यो जानकारी आफ्ना प्रयोगकर्तालाई पठाएर उनीहरुलाई सचेत गराउन सक्छौं, घरबाट बाहिर जानुअघि भूकम्पबारेमा जानकारी लिनुस् ।’
यो एपले हिँडडुल गर्दा वा अन्य सामान्य हलचलबाट हुने कम्पन र भूकम्पपको कम्पनलाई पनि छुट्याउन सक्ने गरी बनाइएको छ ।
खतरनाक ढंगले जमीनमा आएको हलचललाई केन्द्रबाट शुरु भएर ठूलो भूकम्प बनिनसक्न केही समय लाग्ने गर्छ । यसैबीच यो एपको मद्दतमा मानिस कुनै सुरक्षित जग्गासम्म पुग्न सक्ने बताइएको छ ।
एलेन भन्छन्, ‘केही सेकेन्डक चेतावनी नै सबैथोक हो, जो भूकम्पका क्रममा तपाईंलाई भगाउन र ज्यान बचाउनका लागि पर्याप्त हुन्छ । ‘अहिलेसम्म यो एपबाट १० किलोमिटरको दायरामा पाँच रिक्टर स्केलसम्मको भूकम्पको जानकारी दिन सक्षम छ ।
बर्कले सिस्मोलोजिकल ल्याब्रोटरीका वैज्ञानिकका अनुसार पछिल्लो यो एपको मद्दतमा ज्यान जाने संख्यामा कम्तिमा पनि ५० प्रतिशत कमी ल्याउन सकिन्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
पूर्वराष्ट्रपतिको घरभाडामा किचलो, घर खाली गराउने घरधनीको चेतावनी
»
Previous
सेक्समा किर्तिमान राख्न कसले कति दिनमा कति जना संग सेक्स गरे

No comments

Leave a Reply