Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » पूर्वराष्ट्रपतिको घरभाडामा किचलो, घर खाली गराउने घरधनीको चेतावनी
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं फागुन १९  । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि बहालमा लिएको घरको भाडा नपाएको भन्दै घरधनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी गरेका छन् ।

गत कात्तिक १२ गतेदेखि ललितपुरको बागडोलमा रहेको आफ्नो घर यादवलाई बहालमा दिए पनि अहिलेसम्म भाडा नपाएको गुनासो घरधनी रविभक्त विष्टको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवास तथा पूर्वराष्ट्रपति यादवलाई बोधार्थ पठाइएको पत्रमा उल्लेखित विवरणअनुसार मासिक १ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने मौखिक सहमति भएको थियो । सो सहमति पालना नभएपछि विष्टले राष्ट्रपति डा. यादवलाई पत्र लेखेर ७ दिनभित्र भाडा उपलब्ध गराउन र घरबहाल सम्झौता गर्न माग गरेका थिए । तर अहिलेसम्म कुनै सुनवाई नभएको उनको कथन छ ।

घरधनी विष्ट अमेरिकामा बस्छन् भने उनको वारेसका रुपमा अरुणप्रकाश श्रेष्ठले सो पत्र लेखेका हुन् ।

प्रधानमन्त्री कार्यालयलाई माघमै पठाइएको पत्रमा भनिएको छ, ‘घर बहाल सम्झौता नहुने हो भने ३ महिनाभित्र अहिलेको भौतिक संरचना यथावत राखि बहाल रकम चुक्ता गरेर घर कम्पाउन्ड खाली गराइयोस् ।’

सरकारकै पहलमा पूर्वराष्ट्रपतिलाई घर उपलब्ध गराइएको भए पनि अहिलेसम्म मन्त्रिपरिषदले औपचारिक निर्णय नगरेकाले भाडा तिर्न नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply