काठमाडौं, चैत ६ । लगभग ३ महिना अघि वायु प्रदुषणका कारण बेइजिङ तुवाँलोले ढाकेको र मानिसहरु मास्क लगाएर हिडेको समाचार नेपालीले पनि पढ्न पाईएको थियो ।
तर, बेइजिङलाई पनि काठमाडौँले जितेपछि अहिले काठमाडौं एशियाकै सबैभन्दा प्रदुषित शहर बनेको छ । त्यति मात्र होईन यो शहर विश्वको तेस्रो प्रदुषित शहर समेत बनेको छ ।
हालै मात्र विश्व प्रदुषण सुचकांक प्रकाशित भएको छ, जसमा नेपाल विश्वकै तेस्रो र एसियाको पहिलो प्रदुषित शहर बनेको छ ।
अध्ययनका अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदुषण निकै उच्च विन्दुमा छ भने पिउने पानीमा हुने प्रदुषण पनि उच्च विन्दुमा रहेको छ ।
![]() |
| विश्वकै प्रदुषित शहरको सूचीमा काठमाडौं तेस्रो |
विश्वको तेस्रो प्रदुषित शहर काठमाडौँ !
विश्वकै प्रदुषित शहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा छ । नेपालले ९६.६६ अंक पाएको छ । सबैभन्दा प्रदुषित शहरमा मासेडोनियाको टेभोगो र दोस्रो स्थानमा इजीप्टको सिकागो छ । दुबैको अंक ९९ प्लस छ ।
प्रदुषण सूचाकांकमा आधारमा काठमाडौंसँगै भारतका दुई शहर विश्वकै मुख्य १० प्रदुषित शहरको सूचीमा छन् । काठमाडौंसँगै भारतको नोयडा विश्वकै छैठौं र राजधानी दिल्ली आठौं प्रदुषित शहरका रुपमा सूचीकृत भएका छन् ।
छिमेकी मुलुक भारतको नोयडा छैटौं, चीनको ग्वान्झाओ सातौं स्थान र भारतकै दिल्ली आठौं नम्बरमा छ । विश्वमै प्रदुषित शहरको सूचीमा बंगलादेशको ढाका १४औं, ब्रजिलको साओ पाओलो १६औं, भारतको मुम्बई १७ औं, चीनको बेइजिङ १८ औं र पाकिस्तानको कराँची २० औं स्थानमा छन् ।
एशियामा काठमाडौं पहिलो
एशियाको प्रदुषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ । मनिला, दोस्रो र नोयडा तेस्रो स्थानमा छ । बेइजिङ १३ औं नम्बरमा छ । यो सूचीको सबैभन्दा पुछार ७४ औं नम्बरमा जापानको टोक्यो छ ।



No comments