Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » पाकिस्तानि अदालत दियो नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादीलाई मृत्युदण्डको सजाय
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, चैत ६ । पाकिस्तानी सेनापति राहिल सरिफले नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादी इर्फान उल्लाह सहित अन्य १३ आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

नङ्गा पर्वतमा विदेशीको हत्या गर्ने इन्र्फानसहित १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।
कार्यालयका अनुुसार इर्फानसहितका आतंकवादीलाई सेनाको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।
नेपाली पर्वतारोही सोना शेर्पा र थप नौ विदेशी आरोहीको २०१३ जुन २२ मा नङ्गा पर्वतमा हत्या भएको थियो । सोनाले २००९ मा पनि नन्गा पर्वतको आरोहण गरेका थिए ।
तर, २०१३ मा चिनियाँ टोलीसहित नङ्गा पर्वत चढ्न गएको बेला आतंकवादीबाट मारिए । अन्य ८ जना नेपाली शेर्पा भने बाँच्न सफल भएका थिए । नङ्गा विश्वकै ९औं अग्लो हिमाल हो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply