Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » चीन सँग भीख होइन, प्रविधि मागौंः बाबुराम
«
Next
Newer Post
»
Previous
Older Post

नयाँ शक्ति नेपालका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिप्पा सम्झौता गर्न आग्रह गरेका छन् । 
 नयाँ शक्ति नेपालको जिल्ला समिति गठन गर्न गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँगको भेटमा नेपालमा आधुनिक रेलमार्ग र सडक निर्माणका लागि चीनसँग पहल गर्न पनि उनले सुझाव दिएका छन् । 

‘सडकमार्ग र रेलमार्गको विस्तारमा पहिलो जोड हुनुपर्यो । चीन होस् वा कुनै मुलुकसँग हामीले अब भीख माग्ने हैन, पूर्वाधार र प्रविधि माग गर्नुपर्छ’, भट्टराईले भने, ‘मगन्ते प्रवृत्तिको अन्त्य गरी आर्थिक विकासको आधार बनाउने खालको सहयोग माग्नुपर्छ । बिप्पा सम्झौता गर्नु पनि उपयुक्त हुन्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले चैतमा देशभरि संगठन बनाउनका लागि नगर संगठन र गाउँ संगठन निर्माण गरि वैशाखसम्म विधिवत केन्द्रीय समिति घोषणा गर्ने बताए । 

चीनसँग बिप्पा सम्झौता गरेमा विदेशी लगानी भित्र्याउन मद्दत पुग्ने उनले बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply