जेन्सी: समाचार अनुसार भारतको उत्तरप्रदेशस्थित गाजियाबादको मसुरी क्षेत्रको एक गाउँमा बिहे हुनु केही दिनअघि बेहुलो भागेपछि परिवारमा आपत आइलागेको छ । बेहुलीपक्षका मानिस जब रीत पुरा गर्ने बेहुलाको घर पुगे तब उनीहरुले बेहुलो भागिसकेको थाहा पाएका थिए ।
बिहेको रीत पुरा गर्न पुगेपछि बेहुलो भागेको थाहा पाएका बेहुलीपक्षका मानिसले बेहुलाकै गाउँमा ठुलै हंगामा मच्चाए । उक्त खबर सुने पछी स्थानीय प्रहरी चौकीबाट टोली पनि पुगेको थियो । पुलिसले दुबै पक्षलाई सम्झाएपछि गाउँमा पञ्चायत राखियो । पञ्चायतले यो घटनाबारेमा यस्तो अनौठो फैसला सुनायो ।
पञ्चायतको फैसला अनुसार हुनेवाला बेहुलीको बिहे अब भागेका युवाका भाइसँग हुने भएको छ । अर्थात उनले अब देवर पर्नेलाई पति बनाउनुपर्ने भएको छ ।
पञ्चायतको फैसला अनुसार दाजुको बिहेका लागि तय भएको तिथिमै उनीहरुको बिहे हुने भएको हो ।
मेरठक नयाँ बस्तीबाट धर्मपाल सिंह आफ्नी कान्छी छोरीको स्वयम्बरको रीत लिएर गाजियाबादको थाना मसुरी क्षेत्रको भुरगढीमा पुगेका थिए ।
आफ्नो स्वयम्बरको रीत आएको थाहा पाउनेबित्तिकै श्यामपाल सिंहका छोरा अर्थात हुनेवाला बेहुला करण सिंह आफ्ना साथीहरुसँग भागेर बेपत्ता भए ।
हुनेवाला बेहुलो भागेको बारेमा उनका नातेदारले केही बोल्न नमानेपछि बेहुलीपक्ष न्याय माग्दै थाना मसुरी पुगेको थियो ।
जब पुलिस केटापक्षको घरमा पुग्यो, त्यहाँ सयौं मानिस जम्मा भएर एकापसमा गलफत्ती गरिरहेका थिए ।
त्यसपछि थाना मसुरीको उपस्थितिमा बसेको गाउँ पञ्चायतको बैठकले श्यामपाल सिंहले आफ्ना साइँला छोरा हरेन्द्र सिंहको बिहे ती बेहुलीसँग गर्न तयार भए ।
पञ्चायतमा पुलिसको उपस्थितिमा दुई दिनअघि बेपत्ता करणलाई खोजेर ल्याउन भनिएको छ। पञ्चायतले यसअघि तय भएको पाँच तारिखमै मेरठको नयाँ बस्तीमा बिहेको जन्ती जाने सहमति भएको छ ।



No comments