Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » हाते पम्पको पानीले नुहाउँदा कपाल खुइलिएपछि पूरै परिवार बन्यो मुडुलो
«
Next
Newer Post
»
Previous
Older Post

पानीले नुहाउँदा जिउमा भएको मैला पूरै पखालिएर जिउ सफा बन्छ तर त्यही पानीले नुहाउदा यदि जिउको मैलासँगै टाउकाको कपाल पनि खुइलिएर गयो भने के होला ? हामीले आहिले सम्म भोगेको र सुनेको उमालेको तातो पानी खन्याउदा मात्र कपाल खुइलिन्छ तर चिसो पानीले कपाल खुइल्याएको भनिएको अहिलेसम्म कतै सुनिएको थिएन । तर भारतमा अहिलेसम्मै नसुनिएको तथा नदेखिएको यो अनौठो घटना भएको छ ।
भारतको बिहारस्थित मधुवनी जिल्लाको लदनियामा पर्ने नाथापट्टी गाउँमा हातेपम्पबाट निकालिएको पानीले नुहाउँदा एउटा पूरै परिवारको कपाल खुइलिएर मुडुलो भएको छ । हातेपम्पको पानीले कपाल मुडुलो भएको घटनापछि जिल्ला प्रशासनले उक्त चापाकल सिल गरिदिएको छ ।
नाथापट्टीका मोहम्मद हासिमले आफ्नो घरबाहिर रहेको एउटा चापाकलबाट पानी निकालेर गत शनिवार नुहाएका थिए । उनीसँगै उनको परिवारका अन्य तिनजना सदस्यले पनि सोही कलबाट पानी निकालेर नुहाए । तर नुहाएसँगै उनीहरुको कपाल र्झन थाल्यो र बेलुकी हुँदासम्म सबै कपाल झरेर मुडुलो बन्यो ।
मुडुलो हुनेमा हासिमसँगै उनकी पत्नी जयमून खातून, छोरी अफसाना खातुन र छोरा मोहम्मद हफिजुल रहेका छन् । नुहाएपछि सबै कपाल एकैठाउँमा टाँसिएको र छुँदाबित्तिकै झरेको उनीहरुले बताएका छन् ।
सरकारी अधिकारी तथा डाक्टरहरु उक्त गाउँमा पुगेर हासिमका परिवारसँग घटनाबारे सोधपुछ गरेका छन् । उनीहरुको कपाल झर्नुको कारण अहिलेसम्म पत्ता लागेको छैन । उक्त ह्याण्डपम्प सिल गरिएको छ ।
पानीको नमूना परीक्षणका लागि लगिएको छ । चापाकलको पानीले नुहाउँदा परिवार नै मुडुलो बनेपनि उक्त गाउँका मानिसहरु चापाकलको पानी प्रयोग गर्न डराउन थालेका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply