ठमाडौं: कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ । काठमामाडौंको महाराजगञ्जस्थित भतिजा सशांक कोइरालाको घरमा सोमबार राति १२ बजेर ५० मिनेटमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
![]() |
| Susil Koirala |
प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता कोइराला निमोनिया तथा ज्वरोका कारण बिरामी परेका थिए । जिब्रोमा क्यान्सर भएका कोइरालाले गत वर्षमात्रै अमेरिकाको न्यूयोर्कमा क्यान्सरको सफल उपचार गराएका थिए ।
![]() |
| Dead body of Susil Koirala |
इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरुकमा सबैभन्दा सादा जीवन व्यतीत गर्ने मध्येमा एक थिए । प्रधानमन्त्री छँदा उनको सम्पत्ति मात्र तीन वटा मोबाइल रहेको खबरले चर्चा समेत पायो र विदेशी सञ्चार माध्यमहरुले उनलाई विश्वकै गरिव प्रधानमन्त्री समेत भने ।
पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक-पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए। समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्थ्यो। अहिले कोइराला पार्टीको १३ औं महाधिवेशन गराउने तयारीमा थिए ।
सुशीलको पार्थीव शरीर ८ बजेदेखि सानेपामा राखिने !
कांग्रेस को महाधिबेशनका सबै कार्यक्रम स्थगित !




No comments