Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » ठगि गर्ने १२ म्यानपावर संचालक पक्राउ, यी हुन् विदेश पठाउदा लाखौ ठग्नेहरु (नामावली सहित)
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं: महानगरीय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगारीमा पठाउँदा युवाहरुबाट लाखौं ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १२ जना म्यान पावर सञ्चालकलाई पक्राउ गरेको छ ।
काठमाडौंका१८ वटा  विभिन्न  म्यान पावरमा छापा मारेर प्रहरीले १२ जना म्यान पावर सञ्चालकलाई हिरासतमा लिइ अनुसन्धान थालेको हो ।

वैदेशिक रोजगारमा पठाउँदा फ्री भिषा, फ्री टिकट गरी अधिकतम १० हजार भन्दाबढी लिन पाउने सरकारको निर्णय मिच्दै धेरै रकम लिने गरेको, कामदारहरुलाई तोकिएको सम्झौताअनुसारको काममा नलगाई श्रम शोषण गरी मानव बेचविखन समेत गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

उनीहरुले भिजि भिषामा कामदार पठाई विदेशमा अलपत्र पार्ने र नक्कली कागजातहरु समेत बनाई विदेश पठाइ संगठित रुपमा ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको खनालले उल्लेख गरेका छन् ।

‘ठगीमा संलग्न भनिएका म्यान पावरहरुलाई निगरानीमा राख्दा सरकारको निर्णय विपरीत ठुलोमात्रामा रकम उठाई संगठितरुपमा कामदारहरुको श्रम शोषण तथा मानव बेचविखनमा समेतमा संलग्न भएको पाइयो’, खनालले भने, ‘ठगी गरि मानव बेचबिखन समेत गरेको पाइएकोले १२ जना म्यान पावर सञ्चालकलाई पक्ररे ठगी मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडाँै, ललितपुर र वैदेशिक रोजगार विभागमा पठाएका छौं ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply