Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » परम्परा बचाउने निहुमा बुढापाकालाई मार्ने चलन, यसरी मारिन्छ आफ्नै बाउआमा
«
Next
Newer Post
»
Previous
Older Post

दुनियामा केही यस्ता अनौठा कुप्रथा तथा परम्पराहरु छन् जसका बारेमा सुन्दैमा आंग जिरिंग हुन्छ । यस्तै परम्परा मध्येको एक हो भारतको तमिलनाडुमा प्रचलित ठलाईकुठल ।

यो परम्परा निकै डरलाग्दो तथा अमानवीय र हिंश्रक पनि छ । जहाँ परिवारका सदस्यले नै आफ्नो घरका बुढापाका सदस्यको हत्या गर्दछन् । यस्तो नरहत्याका क्रममा गाउँका अन्य सदस्यले पनि साथ दिन्छन् । कानूनी रुपमा यस्तो परम्परामा रोक लगाइएपनि तमिलनाडुका परम्परागत समुदायमा अझै यो प्रथा कायमै छ ।

परिवारको वृद्ध सदस्यको हत्या गर्ने यो परम्परालाई त्यहाँको समाजमा विदाइको सम्मानजनक तरिकाका रुपमा लिइन्छ । त्यसैले आफ्ना बुढा बाबुआमा तथा बाजेबज्यैहरुको स्याहार सुसार तथा पालन पोषण गर्न नचाहने तथा नसक्नेहरुले यहीँ परम्पराको नाउँमा बुढाबुढीहरुको हत्या गर्ने समेत गरेका छन् । परिवारको हेलाका कारण कतिपय बुढाबुढीहरुले त आफै आफ्नो हत्या गर्न समेत अह्राउँछन् ।

वास्तवमा पुलिसले हत्या गरेको थाहा नपाओस् भनेर निकै सजग भएर मानिसहरुले बुढाबुढीको हत्या गर्दछन् । निको नहुने रोग लागेमा, गरिबीका कारण बुढाबुढीको उपचार गर्न नसकेमा, बुढाबुढीको सेवा गर्ने समय नभएमा तथा बुढाबुढी परिवारको बोझको ठान्न थालेपछि घरका सदस्यहरु मिलेर आफ्नै बुढा बाउआमा तथा बाजेबज्यैको हत्या गर्छन् परम्परा अनुसार ।

यसरि मारिन्छ बुढापाकालाई ?
  • बिहान बिहान तेलले नुहाइदिने र दिनभरी निकै धेरै नरिवल पानी खुवाइदिने । यसो गर्दा मृगौला खराब भएर दुइ चार दिनमै बुढाबुढीकेा मृत्यु हुन्छ ।
  • बुढाबुढीलाई माटो घोलेको पानी पिलाइन्छ । त्यसो गर्दा पेट खराब हुन्छ र केही हप्तामै झाडापखालाले छटपटाएर बुढाबुढीको मृत्यु हुन्छ ।
  •   बुढाबुढीलाई सहनै नसक्ने खालको चिसो पानीले नुहाइन्छ, ता की उनीहरुलाई हृदयाघात होस् वा ठण्डीले मरुन् ।
  •    कहिलेकाहीँ त नाक बन्द गरिदिएर दुध खुवाइन्छ । लामो समयसम्म यसो गर्दा स्वास थुनिएरै बुढाबुढीको मृत्यु    हुन्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply