काठमाडौं– नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भइरहेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारले चाहेमा नेपालमा आयुर्वेदिक कलेज खोलिदिने बताएका छन् ।
अयाुर्वेदिक उपचार पद्धति वर्तमान समयमा पनि उत्तिकै प्रभावकारी भएकाले यसलाई प्रवद्र्धन गर्नुपर्ने उनले धारणा राखेका छन् । उनले भने, ‘आयुर्वेद हाम्रो सभ्यतासँग जोडिएको कुरा हो । नेपालले चाहन्छ भने भारतको आयुर्वेदिक विश्वविद्यालयसँग सम्बन्धित कलेज खोलिदिन सकिन्छ ।’



No comments