Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपालले भारतलाई उसकै घरमा हरायो, २३ वर्षपछि साग फुटबलमा स्वर्ण
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । नेपालले २३ वर्षपछि साग फुटबलमा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै स्वर्ण पदक जितेको छ ।
 नेपालले भारतलाई २-१ गोल अन्तरले सोमबार भएको फाइनल खेलमा पराजित गरेको हो । नेपालले २३ वर्षपछि साग फुटबलमा उपाधि जितेको हो ।
यसअघि १९८४ र १९९३ मा स्वर्ण जितेको थियो । १९९९ को फाइनल पुगेर पनि हारेको नेपाल त्यसयता भने फुटबलमा पदक जित्न सकेको थिएन ।
सोमबार खेलमा भारतले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई फल गरेपछि भारतले पेनाल्टी पाएको थियो ।
पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब समेत दिएको थियो । तर, दोस्रो हाफमा नेपाल आफ्नो लयमा फर्कियो । ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले फि्र किकमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।
लगतै विमल घर्तिमगर वान भर्सेज वानमा चुके भने बोउन्स भएको बलमा नेपालले गरेको प्रहार भारतीय खेलाडीले गोललाइनबाट बचाए ।
खेलको ७१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र नेपाल भारतलाई २-१ ले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्न सफल भएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply