Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपालमा आहिले सम्म भएको विमान दुर्घटनाको तथ्यांक ५९ दुर्घटना, ७३७ को निधन
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । तारा एयरको नयाँ र अत्याधुनिक जहाज पोखराबाट जोमसोम उडेको र म्याग्दीको सोली घोप्टेमा बुधबार दुर्घटनामा पर्‍यो । चालक दलसहित २३ यात्रु बोकेको जहाज दुर्घटनाबाट ठूलो मानवीय क्षति भएको छ ।
एकै दिन दुईवटासम्म हवाइ दुर्घटना भएको इतिहास रहेको  नेपाली आकाशमा भएको यो जहाज दुर्घटना अन्तर्राष्ट्रिय हवाइ दुर्घटना अभिलेखालयको तथ्यांकअनुसार ५९ औं नम्बरमा पर्छ । यसअघि ५८ वटा डरलाग्दा हवाइ दुर्घटनाहरु नेपालले बेहोरिसकेको छ ।

यतिमात्र होइन, २ सय ८० जनाले ज्यानको ज्यान जम्ने गरि एकै वर्ष दुईवटा विदेशी विमान समेत दुर्घटनामा परे  । अहिलेसम्म नेपालमा साना ठूला गरी ५९ हवाइ दुर्घटना भइसकेका छन् । यी दुर्घटनाबाट ७३७ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकमा हेलिकप्टर दुर्घटना समावेश गरिएको छैन ।

नेपालमा हवाइ दुर्घटनाको इतिहास डरलाग्दो छ । पहाड र हिमालसहितको भौगोलिक मुलुक भएको हुँदा नेपालमा धेरै हवाइ दुर्घटना हुने गर्छन् । पछिल्लो समय दूर्घटना केही घटे पनि रोकिएको भने छैन । हवाइ दुर्घटनाको विषयलाई लिएर युरोपेली यूनियनले नेपाली उड्डयन क्षेत्रलाई तीन वर्षदेखि कालोसूचिमासमेत राखेको दुःखद स्थिति छ ।

नेपालमा पहिलोपटक विसं. २००३ वैशाख २५ गते हवाइ दुर्घटना भएको थियो । रोयल फोर्सको उक्त जहाजमा १४ जना सैनिक र २ जना पाइलट रहे पनि मानवीय क्षति भएको थिएन ।

दोस्रोपटक २०१२ भदौ १४ गते कलिंगा एयरको कार्गो विमान सिमरामा दुर्घटनाग्रस्त हुँदा मानवीय क्षति भएको थियो । उक्त दुर्घटनामा ३३ जनामध्ये १५ जनाको निधन भएको थियो । त्यसपछिका अधिकांश दुर्घटनामा मानवीय क्षति हुँदै आएको छ ।

नेपालमा सन् १९९९ मा एकै वर्ष चारवटा हवाइ दुर्घटना भएको थियो । चारवटा दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएका थिए । एउटै वर्षमा दुईवटा हवाइ दुर्घटना भएका धेरै उदाहरण छन् ।

नेपालमा हुने हवाइ दुर्घटनामा भौगोलिक, मानवीय तथा प्राविधिक गरी तीनवटा मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ । तीन कारणमध्ये सबैभन्दा बढी मानवीय त्रुटीले हवाइ दुर्घटना हुने गरेको दुर्घटनाका अध्ययन प्रतिवेदन बताउँछन् ।
नेपालमा आहिले सम्म भएको हवाई दुर्घटना को डाटा यस्तो छ !


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply